राजधानीसहित उपत्यकाका तीनवटै जिल्लामा बुधबार मध्यरातदेखि एक साताका लागि निषेधाज्ञा लाग्दै छ।
उपत्यकामा एकैदिन दुई सयभन्दा बढी र देशभर एक हजारभन्दा बढी संक्रमित थपिएपछि निषेधाज्ञा लगाइने निर्णय भएको हो। सरकारले गत साउन ६ गते मध्यरातबाट लकडाउन अन्त्य भएको घोषणा गरेसँगै उपत्यकासहित देशभर संक्रमितको संख्या ह्वात्तै बढेको छ।
गृहमन्त्रालयका अनुसार देशभर पुर्ण निषेधाज्ञा लगाइएका जिल्लाका संख्या १९ पुगेको छ। यस्तै १३ जिल्लामा आंशिक निषेधाज्ञा छ। तीन वटा जिल्ला पूर्ण लकडाउनमा छन् भने चार वटा जिल्लामा आंशिक लकडाउन रहेको छ।