• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बिरामीको पीडा : ‘कोरोनाको रिपोर्ट नआउँदा आइसोलेसनले मान्दैन, अस्पतालले भर्ना लिँदैन’

  • वीरगंज संजाल
  • २ भाद्र २०७७, मंगलवार १९:३०
  • ३१०९

    वीरगंज | कोरोना त्रासले यति सताएको छ कि कोरोनाको आशंकामात्र हुनेबित्तिकै अस्पतालका स्वास्थ्यकर्मी त्रस्त हुन्छन्, उपचार गर्ने मान्दैनन्, भर्ना नै लिइँदैन । कोरोनाको रिपोर्ट पोजेटिभ नआउँदासम्म आइसोलेसनले लिन मान्दैन । अब, बिरामी हुनै नपाइने भयो ।
    सोमबार राति स्वासप्रश्वासमा समस्या भएर हेटौंडा अस्पताल पुगेकी हेटौंडा–५ की ३० वर्षीया महिलाले अस्पतालको आँगन टेक्न पाइनन् ।

    किनकि, उनलाई एम्बुलेन्सबाट नै नओराली अस्पतालले रिफर गरिएको कागज थमाएर भरतपुर पठाइदियो ।उनका पतिलाई केही दिनअघि कोरोना पुष्टि भएको थियो । उनको भने रिपोर्ट आइसकेको थिएन । कोरोना संक्रमित परिवारका सदस्य भएको जानकारी पाएपछि अस्पतालले उनलाई बाहिरबाटै रिफर गरेको हो ।

    ती बिरामी महिलाका पतिलाई कोरोना संक्रमण भएको भन्ने थाहा पाएको अस्पतालले पनि ती महिलालाई भर्ना गरेर राख्न मानेन ।हेटौंडा अस्पतालले रिफर गरेपछि राति नै चितवन मेडिकल कलेज पुर्‍याइएकोमा उनलाई त्यहाँ केहीबेर अक्सिजन दिएर रगत जाँच गरियो ।

    अस्पतालबाट फर्काइएकी महिला घरमै बस्न बाध्य छिन् ।घटनाका साक्षी हेटौंडा–५ अध्यक्ष राजेश बानियाँले अब बिरामीले उपचार नै नपाएर मृत्यु हुनुपर्ने अबस्था आएको बताउनुभयो । सरकारी अस्पतालमै बिरामीमाथि कोरोनाको आशंकामा विभेद गरिने निन्दनीय भएको उहाँको भनाइ छ ।

    ‘प्रदेशको राजधानीमा रहेको अस्पतालमा आबश्यक स्वास्थ्य उपकरण तयारी नगरिनु र कोरोनाको आशंकाकै भरमा बिरामी रिफर गरिनु निकै दुःखद् कुरा हो । यसबारे सम्बन्धित निकायले बेलैमा ध्यान देओस्,’ बानियाँले भन्नुभयो । कोरोना परीक्षणका लागि ३ दिनअघि स्वाब दिइएको भए पनि ती महिलाको रिपोर्ट आएको छैन ।

    ‘रिपोर्ट नआउँदै बिरामीलाई आइसोलेसनमा लैजान मान्दैनन् । अस्पताल लैजाँदा भर्ना लिँदैनन् । बिरामीलाई भने गाह्रो भइसकेको छ,’ बानियाँले भन्नुभयो । हेटौंडा–५ मा हालसम्म २२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । त्यसमध्ये अधिकांश बिरामी होम आइसोलेसनमा छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑