• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    एकै परिवारका आठजनामा कोरोना संक्रमण

  • वीरगंज संजाल
  • २ भाद्र २०७७, मंगलवार १७:५०
  • ४०२९

    राजविराज | सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा मंगलबार एकै परिवारका ८ सहित ११ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। हनुमाननगर कंकालिनी नगरपालिका -९ हनुमाननगर बजार निवासी व्यापारी परिवारका ३ महिलासहित ८ जनामा कोरोनो संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । 

    नौ दिनअघि किरानालगायत विभिन्न समानका थोक व्यापारी २८ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा परिवारका सदस्य र पसलका कामदारको साउन २८ गते स्वाब संकलन गरिएको थियो ।

    परीक्षणमा उनको परिवारका आठजनाको रिपोर्ट पोजिटिभ आएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक रामदेव यादवका अनुसार परिवारका सदस्यमा कोरोना पोजिटिभ देखिए पनि पसलका कामदारको रिपोर्ट भने नेगेटिभ आएको छ । 

    रिपोर्ट अनुसार एकै परिवारका १०, ३६, ३८, ५५ र ६५ वर्षीय पुरुष तथा २४, ३० र ५० वर्षीया महिला रहेका छन् । संक्रमित व्यापारी होम आइसोलेसनमा छन् । थप संक्रमण पुष्टि भएका ८ जना एकै परिवारका सदस्य भएकाले उनीहरुलाई पनि होम आइसोलेसनमै निगरानीमा राखिने यादवले बताए ।

    एकै परिवारका ८ जनाबाहेक सोही नगरपालिकाका अन्य तीनजनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । वडा नम्बर १ का ४० वर्षीय पुरुष, वडा नम्बर ७ का ३१ वर्षीया महिला र वडा नम्बर १० का ४७ वर्षीय पुरुषमा कोरोना संक्रमित देखिएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

    योसँगै हनुमाननगर कंकालिनी नगरपालिकामा संक्रमित हुनेको संख्या ७७ पुगेको छ।जसमा ९ जना महिला छन् । त्यसअघि सोमबार राजविराज- ७ का ५४ वर्षीय एक कर्मचारी पुरुष र आइतबार छिन्नमस्ता गाउँपालिका-४ का १०, ३० र ५२ वर्षीय पुरुष, १८ र ४५ वर्षीया महिला तथा उमेर नखुलेका धनुषाको जनकपुर-४ का एक पुरुषमा कोरोना पुष्टि भएको थियो ।

    उमेर नखुलेका पुरुष सप्तरीको दुई स्थानीय तहमा सञ्चालनको तयारीमा रहेको कृषि सम्बन्धी आयोजना क्लष्टर एकाई सप्तरीका प्रमुख हुन् । स्वास्थ्य कार्यालय सप्तरीका अनुसार हालसम्म सप्तरीमा ९७ महिला र ५८६ पुरुष गरी कुल ६८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ४८ महिला र ४१२ पुरुष गरी कुल ४६० जना निको भएर घर फर्किएको गजेन्द्रनारायण सिंह अस्पतालले जनाएको छ ।

    सप्तरीमा अहिलेसम्म ११ हजार ९४७ जनाको स्वाब संकलन गरिएकोमा १० हजार ५४१ जनाको पिसीआर परीक्षण भएको छ । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको प्रयोगशालामा मंगलबार ११५ जनाको परिक्षण गरिएको तथा सप्तरी र सिरहाको गरी झण्डै १ हजार ६ सय स्वाब परीक्षण प्रक्रियामा रहेको प्रयोगशालाका स्वास्थ्यकर्मीले बताए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑