रौतहट | रौतहटमा मंगलबार थप ३५ जना कोरोना पुष्टी भएको छ । केन्द्रीय प्रयोगशाला काठमाडौंको रिपोर्ट अनुसार रौतहटमा १३ जना महिलासहित ३५ जनामा संक्रमण देखिएको हो ।
साउन ३० गते १५० जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा ८० जनाको रिपोर्ट आउँदा गौर नगरपालिकाका २७ र माधवनारायण नगरपालिकाका ५ तथा गरुडा, कटहरीया र नेपाल प्रहरीका एक एक जनामा संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटका प्रवक्ता हरेन्द्र गुप्ताले बताउनुभयो ।
गुप्ताले कन्ट्याक ट्रेसिङका आधारमा स्वाब संकलन गरेर परीक्षण गर्दा उनीहरुमा पोजेटिभ देखिएको बताउनुभयो । संकलित स्वाब मध्ये ७० जनाको रिपोर्ट आउन अझै बाँकी उनले बताउनुभयो ।
संक्रमितहररुलाई होम आइसोलेसनमा राख्न दिने निर्णयले चुनौती झनै थपिएको प्रबक्ता गुप्ताले बतानुभयो ।