वीरगंज। वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशाला र काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सोमबार राती गरिएको परीक्षणमा पर्साका १ सय ५३ जनामा संक्रमण पुष्टि भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए । उनका अनुसार टेकुस्थित प्रयोगशालामा गरिएको परिक्षणमा वीरगन्जको नारायणी बयोधा अस्पतालका मात्रै डाक्टर, नर्स गरी ३० जनामा संक्रमण भेटिएको हो ।
बयोधा अस्पतालका ६ जना डाक्टर, ११ जना नर्स, १२ जना कर्मचारी र २ जना बिरामी गरी ३० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए ।