कपिलवस्तु । कपिलवस्तुमा एकै पटक २० जना कोरोना संक्रमितहरु थपिएका छन । जसमध्ये १९ जना कपिलवस्तु नगरपालिका (तौलिहवा) र एक जना बाणगंगा नगरपालिकाकाको रहेका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
तौलिहवामा थपिएका संक्रमितहरु मध्ये एक जना शिक्षक, चार जना विद्यार्थी, चार गृहणी, एक जना प्रहरी, गौरी हेल्थ पौस्टका हेल्पर र एक जना किराना पसले रहेका छन ।
त्यस्तै सुसारे एक र उनकी छोरी, एम्बुलेन्स ड्राईभर, मर्यादपुरमा कोल्ड स्टोर सञ्चालक, कस्मेटिक पसले तथा नगरपालिकाको वडा नम्बर ३ का समुदायस्तरका २ जनामा कोरोना पुष्टि भएको हो ।
यस्तै बाणगंगा नगरपालिका–१ का गल्ला ब्यापारीमा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।