वीरगंज । पर्सामा आज एकैदिन १ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालले उपलब्ध गराएको विवरण अनुसार वीरगञ्जको श्री त्रिजुद्ध माध्यमिक विद्यालय र श्री श्रीपुर विद्यापीट विद्यालयमा गरिएको स्वाबको नतिजा आउँदा थप ६८ जना र नारायणी अस्पतालले सोमबार गरेको परिक्षणमा थप ५६ जनागरी १ सय २४ मा सङ्क्रमण देखिएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा थप ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । गत साउन २६ र २७ मा नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर किट अभाव भएपछि ११ सयभन्दा बढी स्वाब परीक्षणका लागि केन्द्रीय प्रयोगशाला काठमाडौं पठाइएको थियो । सोहि स्वाबहरुको रिपोर्ट आउँदा ६८ जना सङ्क्रमित थपिएका हुन् ।
टेकु प्रयोशालाले सोमबार राति पठाएको विवरणअनुसार पर्साका १६ महिलासहित थप ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिनेमा ७ वर्षीय बालिकादेखि ७३ वर्षसम्मका वृद्धपनि रहेका छन् ।
थपिएका सङ्क्रमितमध्ये ५७ जना श्रीपुर विद्यापिटमा स्वाब जम्मा गराएका र ११ जना त्रिजुद्धमा स्वाब जम्मा गराएका मध्ये रहेको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका जयमोद ठाकुरले भने ।साउनयता पर्सामा एक हजार २ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।