• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पोखरामा थप एकजना कोरोना संक्रमितको मृत्यु

  • वीरगंज संजाल
  • २ भाद्र २०७७, मंगलवार १३:५७
  • २४१३

    पोखरा । पोखराकोमा थप एक जना कोरोना संक्रमितको पनि मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १६ का ८७ वर्षीय वृद्धको मंगलबार बिहान १०ः४० बजे मृत्यु भएको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए ।पोखरामै तनहुँकी ५० वर्षीया संक्रमित महिलाको पनि गएराति मृत्यु भएको थियो ।पोखराका ८७ वर्षीय वृद्धलाई साउन ३२ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको थियो । उनमा उच्च ज्वरो र श्वासप्रश्वासको समस्या थियो । समस्या बढ्दै गएपछि उनलाई भदौ १ गते आईसीयूमा भर्ना गरिएको थियो ।

    डा. आचार्यका अनुसार उनमा डायबिटिज र मिर्गौलाको समेत समस्या थियो ।सुरुमा उनलाई इमर्जेन्सी विभागमा भर्ना गरेर उपचार थालिएको थियो । कोरोना संक्रमणको लक्षणसमेत देखिएकाले स्वाब परीक्षण गर्दा सोमबार उनको कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।उनमा कोरोना संक्रमण पुष्टि भएपछि उनको उपचारमा खटिएका डाक्टरदेखि इमर्जेन्सी वार्डका स्वास्थ्यकर्मी गरी १३ जनालाई क्वारेन्टिनमा राखिएको छ भने इमर्जेन्सी वार्ड बन्द गरिएको छ ।

    पोखराकै एक अस्पतालबाट प्रतिष्ठानको अस्पतालमा उनलाई रिफर गरिएको थियो । कोरोनाको लक्षण देखिएकाले उनलाई पि्रआइसोलेसनमा राखेर उपचार गर्नुपर्ने थियो तर सीधै इमर्जेन्सीमा उपचारका लागि लगिएको थियो । जहाँ अन्य बिरामी पनि थिए भने चिकित्सकले पीपीईको प्रयोगसमेत नगरेको पाइएको छ ।मिर्गौलाको समस्याका कारण श्वासप्रश्वासमा समस्या देखिएकाले थप उपचार भइरहेको र पछिमात्र कोरोना संक्रमण पत्ता लागेको उपचारका खटिएका डा.अर्जुनबहादुर बुढाले बताए । ‘प्रेसर र मिर्गौलाको समस्याले श्वासप्रश्वासमा समस्या रहेछ । पहिले उच्च ज्वरो पनि आएको रहेछ,’ डा. बुढाले भने, ‘हामीले इमर्जेन्सी विभागमै उपचार गरिरहेका थियौं । पछिमात्र कोरोना पुष्टि भयो ।’

    कोरोना संक्रमण पुष्टि भएका बिरामीलाई आइसोलेसनमा र लक्षण देखिएका विरामीलाई प्रिआइसोलेसनमा राखेर उपचार गर्नुपर्ने हो । तर, सीधै इमर्जेन्सीमा भर्ना गरेर उपचार गराउँदा डाक्टर र अन्य बिरामीसमेत जोखिममा परेको चिकित्सककै भनाइ छ ।‘पहिले पि्रआइसोलेसन थियो । तर, पछि त्यसलाई चलाइएन । हामीले पटक-पटक प्रिआइसोलेसनको व्यवस्था गर्न भन्दै आएका छौं,’ इमर्जेन्सीमा खटिने मुटु रोग विशेषज्ञ डा. अमृत केसीले भने, ‘यसो नहुँदा जोखिम मोलेर काम गर्नुपर्ने अवस्था आएको छ ।’

    ‘इमर्जेन्सीमा खटिने धेरै चिकित्सक र स्वास्थ्यकर्मी क्वारेन्टिन बस्नुपर्ने भएपछि सञ्चालनमै समस्या भएको छ,’ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. आचार्यले भने, ‘अन्य विभागका चिकित्सक खटाएर वा वार्ड मर्ज गरेर भए पनि सञ्चालन गर्ने तयारी भइरहेको छ ।’

    ‘कर्मचारी अभावले प्रिआइसोलेसन चलाउन सकेनौं’

    कोरोना संक्रमणको लक्षण देखिएका विरामीलाई राख्ने पि्रआइसोलेसन के कारणले व्यवस्था हुन सकेन त ? प्रतिष्ठानका निर्देशक आचार्य भन्छन्, ‘कर्मचारीको अभावले चलाउन सकेनौं ।’अस्पतालमा प्रिआइसोलेसनको व्यवस्था भए पनि कर्मचारीकै अभावले चलाउन नसकिएको निर्देशक आचार्यले बताए । यसभन्दा अगाडि नै काममा ठिक्क हुने जनशक्तिबाटै कोभिड-१९ का लागि व्यवस्थापन गर्न नसकिएको निर्देशक आचार्यको भनाइ छ ।

    ‘अस्पतालमा प्रिआइसोलेसनको व्यवस्था छ तर के गर्नु कर्मचारी नै पुग्दैन,’ निर्देशक आचार्यले भने, ‘कोभिड-१९ लक्षित उपचारका लागि प्रदेशलाई पटक-पटक १०/१२ जना कर्मचारी उपलब्ध गराइदिन भनेका छौं ।’प्रतिष्ठानमा चिकित्सक र अन्य गरी ६ सय १ जना कर्मचारी छन् । तर, ती कर्मचारी प्रतिष्ठानकै लागि अपुग भएको निर्देशक आचार्यको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑