• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    एसईईको नतिजा सार्वजनिक: ग्रेड सार्वजनिक गरिएन

  • वीरगंज संजाल
  • २ भाद्र २०७७, मंगलवार १०:२०
  • १९६९

    वीरगंज | राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालको एसईईको परीक्षाफल प्रकाशित गरेको छ । बोर्डले तोकेको समयभन्दा करिब दुई सातापछि परीक्षाफल प्रकाशित गरेको हो ।

    बोर्डले शिक्षा विकास तथा समन्वय इकाइले प्रमाणित गरी पठाएको विवरण संकलन, रुजु र ग्रेडिङ गरी नतिजा प्रमाणीकरण गरिएको जनाएको छ । बोर्डले यो वर्ष इकाइले दिएको अंकलाई अक्षरांक पद्धतीमा प्रमाणीकरण गरेको कारण कुनै पनि विद्यार्थीको ग्रेडिङ सार्वजनिक नगरेको जनाएको छ ।

    परीक्षा नियन्त्रक (एसईई) रामराज खकुरेलले अब वेवसाइट तथा विभिन्न माध्यमबाट परीक्षाफल हेर्ने विद्यार्थी आफैंले ग्रेड छुट्टयाउने काम गर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘हामीले प्रमाणीकरण मात्र गरेकाले ग्रेड छुट्टयाउन आवश्यक भएन ।’

    बोर्डले कोभिड–१९ का कारण भीडभाड हुन सक्ने भन्दै जीपीए सार्वजनिक नगरेको हो । बढी ग्रेड आएका विद्यार्थीलाई नाम चलेका विद्यालयले तान्ने प्रवृत्ति रोक्न ग्रेड प्वाइन्ट एभरेज (जीपीए) सार्वजनिक नगरेको हो ।

    यो वर्ष कुल ४ लाख ८२ हजार ९ सय ८६ परीक्षार्थीले परीक्षामा आवेदन भरेकोमा ४ लाख ७२ हजार ७८ हजार विद्यार्थीको मात्र प्रमाणीकरण भएको छ । १० हजार ९ सय ८ विद्यार्थीले परीक्षा दिएका थिएनन् ।

    परीक्षाफल प्रकाशित गर्नुअघि बोर्डका अध्यक्ष र उपाध्यक्षसहित १३ जनाले सोमबार बिहान ९ बजेदेखि (नमुना कपी) डमीकपी हेर्नुका साथै परीक्षाको विश्लेषण गरेका थिए ।

    दिनभर परीक्षाफल प्रशाशित गर्ने कि नगर्ने भन्ने विषयमा अन्योल थियो । बोर्डले सबै तयारी भइसकेको अवस्थामा परीक्षाफल रोक्नु आवश्यक नभएको भन्दै ४ बजे बोर्ड बैठक बोलाएको थियो ।

    परीक्षा नियन्त्रण कार्यालयले करिब एक साताअघि परीक्षाफल तयार गरी बोर्डका अध्यक्षलाई बुझाएको थियो । सोही आधारमा बोर्डले शिक्षामन्त्री गिरिराजमणि पोखरेलसँग सहमति लिएर परीक्षफल प्रकाशित गर्ने निर्णय गरेको हो ।

    यो वर्षदेखि विद्यालयले पठाएको अन्तिम मूल्याङ्कनको आधारमा बोर्डले प्रमाणीकरण गरी प्रमाणपत्र दिने निर्णय गरेको थियो । सोही आधारमा परीक्षाफल प्रकाशित भएको हो ।

    बोर्डका अनुसार ९० देखि सय प्रतिशत अंक ल्याउनेलाई ए प्लस, ८० देखि ८९ लाई ए, ७० देखि ७९ लाई बी प्लस, ६० देखि ६९ सम्म बी, ५० देखि ५९ सी प्लस र ४० देखि ४९ प्रतिशत अंक ल्याउनेलाई सी ग्रेड दिने व्यवस्था छ । तर सार्वजनिक रुपमा ग्रेड छुट्टयाइएको छैन ।

    बोर्डले जारी गरेको विज्ञप्तिमा राष्ट्रिय परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालय कक्षा १० र नेपाल टेलिकमको वेवासाइटमा सिम्बोल नम्बर र जन्ममिति प्रविष्ट गरेपछि ग्रेड तथा स्तरीकृत अङ्क (जीपीए) हेर्न सक्ने उल्लेख गरेको छ ।

    राष्ट्रिय परीक्षा बोर्डले तयार गरेको कार्यविधिमा पहिलो त्रैमासिकको १०, दोस्रोको ३० र अन्तिम परीक्षाको ६० प्रतिशत अंक दिने उल्लेख थियो । त्यसैको आधारमा विद्यालयले पठाएको नम्बरको आधारमा इकाइले प्रमाणीकरण गरी बोर्डले परीक्षाफल प्रकाशित गरेको हो । बोर्डले यो वर्ष ३ जनाको परीक्षा स्थगित गरेको छ ।

    भदौ १५ सम्म भर्ना गर्न नपाइने
    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता सहसचिव दीपक शर्माले परीक्षाफल प्रकाशित भए पनि भदौ १५ गतेसम्म फारम भर्ने र भर्ना गराउनेलगायत भर्नासम्बन्धी कुनै पनि काम गर्न नपाउने स्पष्ट पार्नुभयो ।

    मन्त्रिपरिषद्को बैठकले भदौ १५ गतेसम्म विद्यालय सञ्चालन, भर्नालगायत कुनै पनि कार्यक्रम सञ्चालन गर्न नपाइने निर्णय गरेकाले सोही निर्णयलाई आधार मानेर कक्षा ११ को नयाँ भर्ना गर्न रोक लगाएको उहाँको भनाइ थियो ।

    सरकारको निर्णयको अटेर गर्ने विद्यालयमाथि स्थानीय निकाय र शिक्षा विकास तथा समन्वय इकाइले अनुगमन गरी कारबाही गर्नेसक्ने व्यवस्था गरेको छ । राजधानीको ठूला भनिएका विद्यालयले प्रि–इन्ट्रान्स भन्दै भर्ना सकिसकेको छ । त्यसको अग्रपंक्तिमा कमलादीको युनिग्लोब रहेको छ ।

    हिसानका अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेश सिलवालको गोल्डेनगेट कलेजले शक्तिको आडमा परीक्षाफल प्रकाशित नहुँदै अनलाइनबाट प्रि–इन्ट्रासको विज्ञापन गरेपछि सबैले अवैध भर्ना शुरु गरेका हुन् ।

    अब सरकारको निर्देशनअनुसार आन्तरिक रुपमा भर्ना गरे कारबाही गर्ने चेतावनी दिएको छ । परीक्षाफल प्रकाशित भए पनि १५ गतेसम्म भर्ना गर्न पाइनेछैन । सरकारको निर्देशन पालना नगर्ने विद्यालयलाई शिक्षा, विकास तथा समन्वय इकाइले कारबाही गर्नेछ ।

    त्रुटि सच्याउन पनिका आउन नपर्ने
    राष्ट्रिय परीक्षा बोर्डले परीक्षामा त्रुटि सच्याउन विद्यार्थीलाई पनिका आउनुपर्ने व्यवस्था हटाएको छ । कोरोना संक्रमणको कारण देशका अधिकांश जिल्ला र स्थानीय तह लकडाउनको अवस्थामा रहेको र संक्रमण फैलन सक्ने भएपछि त्रुटि सच्याउन शिक्षा समन्वय इकाइमा निवेदन दिनुपर्ने भएको छ ।

    विद्यार्थीले सोमबारदेखि ३५ दिनभित्र फारम भरेर इकाइमा बुझाएपछि इकाइलेनै त्रुटि सच्याएर विद्यालयमा पु¥याउने व्यवस्था गरेको छ । परीक्षा नियन्त्रक रामराज खकुरेलले कोभिड–१९ का कारण भीडभाड हुने भएपछि त्रुटि सच्याउन निवेदन लिने व्यवस्था इकाइलाई जिम्मेवारी दिने निर्णय भएको जानकारी गराउनुभयो ।

    माध्यमिक शिक्षा परीक्षाको विद्यार्थी मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७ मा उल्लेख भएअनुसार त्रुटि सच्याउने व्यवस्था गरेको जनाएको छ । बोर्डले जारी गरेको विज्ञप्तिमा यो वर्ष नतिजा प्रमाणीकरणपछि पुनर्योग तथा पूरक ग्रेडवृद्धि परीक्षासम्बन्धी कार्य नहुने जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै
  • आज शुक्रबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    News

    आज शुक्रबारको राशिफल

    News

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑