• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सांसद्हरु भन्छन्, ‘नक्सा र झण्डा अपमान गर्ने लोगो लगाउँदैनौं, अर्काे बनाइयोस्’

  • वीरगंज संजाल
  • २ भाद्र २०७७, मंगलवार १०:०८
  • ४२२९

    वीरगंज | अध्यावधिक गरिएको नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा अंकित संघीय संसदको प्रतीक (लोगो) गत आइतबार संसदका पदाधिकारीलाई बुझाइयो।

    संघीय संसदका महासचिव डा.भरतराज गौतमले सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना र राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहाललाई लोगो बुझाए।

    उनीहरुले गत आइतबारदेखि नै त्यो लगाउन थाले। जब त्यो लोगो सार्वजनिक भयो, चौतर्फी आलोचना मात्रै भइरहेको छ। आलोचना गर्नेहरुले नेपालको हस्तकलाको नै बेइज्जत भएको, लोगोमा नेपालको नक्सा नै नमिलेको भनिरहेका छन्। पूर्व कानून मन्त्रीसमेत रहेका शेरबहादुर तामाङले अहिले निर्माण भएको लोगोले मातृभूमिको अपमान गरेको बताएका छन्। ‘

    जन्म दिने आमा, मातृभूमि, राष्ट्रिय झण्डा र राष्ट्रिय गानको अपमान गर्नुहुँदैन,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘झुक्केर पनि तोडमोड गर्नु अपराध हो। यो खेलवाडड गर्ने विषय पनि होइन।’  उनले बालबालिकाले नेपालको नक्सा र झण्डा बनाउन सिक्दा त्रुटी गर्न सक्ने, तर सांसदहरुले लगाउन बनाएको त्रुटीपूर्ण लोगोको जिम्मा स्वीकृत गर्नेले लिनुपर्ने बताएका छन्‌।

    ‘साना बालिकाहरुले भने नेपालको नक्सा र झण्डा बनाउन सिक्दा केही त्रुटी गर्न सक्दछन्। तर, यो संसदले नै सांसदहरुले लगाउने गरी बनाएको हो । कसले डिजाइन गर्‍यो भन्ने बहसमा हामी नलागौँ। स्वीकृत गर्नेले नै यसको जिम्मा लिनुपर्दछ।’ उनले उक्त लोगो नबुझ्ने र नलगाउने पनि जनाएका छन्।

    ‘ढंग नमिलेकै हो। यदी यही लोगो हो भने बुझ्दा पनि बुझ्दिनँ, लगाउँदा पनि लगाउँदिन!’ उनले भनेका छन्।  त्यस्तै, नेकपाकै अर्का सांसद विजय सुब्बाले पनि हास्यास्पद लोगो लगाउन नसक्ने बताएका छन्। उनले नेपाल र राष्ट्रिय झण्डाको अपमान गरेको भन्दै लोगो तयार गर्ने संघीय संसद सचिवालय दण्डित हुनुपर्ने बताएका छन्।

    उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘प्रचारमा आए अनुसार हो भने यति नमिलेको अशुद्ध, भद्दा र हास्यास्पद लोगो कसरी लाउनु? यो कसरी स्वीकृत भयो होला? यस्तो निर्माता कस्तो होला? ल अब तयार भयो भनिदिने संस्था संघीय संसद, नेपाल र राष्ट्रिय झण्डाको यस्तो अपमान गरेकोमा दण्डित हुनुपर्छ।’

    सांसद जीवनराम श्रेष्ठ उक्त लोगोले नेपाली हस्तकलाको पहिचान नै समाप्त गरेको बताउँछन्। सांसद श्रेष्ठले संसदको लोगो नेपालको नयाँ नक्सासहितको भनेर गौरव गरिरहँदा नक्साको आकार नमिलेको, झण्डामा चन्द्र र सूर्य नै नदेखिएको भन्दै आपत्ति जनाएका हुन्‌।

    ‘नेपालको हस्तकला संसारमा प्रख्यात छ, यो नयाँ लोगोले नेपाली हस्तकलाको पहिचान त समाप्त गर्ने नै भयो,’ सांसद श्रेष्ठले फेसबुकमा लेखेका छन्, ‘नेपालको नयाँ नक्सा भनेर गौरव गरिरहँदा नेपालको नक्साको आकार नमिलेको र झण्डामा अंकित चन्द्र र सूर्य नै नदेखिने पो भएछ।’

    उनले झण्डा राष्ट्रलाई प्रतिनिधित्व गर्ने प्रतीक चिन्ह भएकोले राष्ट्रिय विषयमा नमिलेको कुरा प्रयोग गर्न नहुने पनि बताएका छन्। सांसद श्रेष्ठले विधायकहरूले लगाउने लोगोमा देशको नक्सा र झण्डा नमिलेको प्रयोग गर्नु ठीक नभएको तर्क गरेका छन्।

    ‘यो देशको नीति निर्माण गर्ने विधायकहरूले लाउने लोगोमा देशको नक्सा र राष्ट्रिय झण्डा नै नमिलेको प्रयोग गर्नु ठीक हुँदैन,’ उनले भनेका छन्, ‘यो संवेदनशील विषयमा कुतर्क गरी ठिक छ भन्ने तिर कोशिश नगरौँ। यो लोगो फिर्ता गरी तत्काल अर्काे बनाउँ।

    ’  संघीय संसद सचिवालयले उक्त लोगोमा दुई लाल सुनको जलप लगाइएको, १ तोला चाँदीको बेस रहेको र ३.५ सेन्टिमिटर व्यास रहेको जनाएको छ। लोगो बागमती प्रदेश सरकार मातहतको घरेलु तथा साना उद्योग कार्यालयले निर्माण गरेको हो।

    प्रति लोगो पाँच हजार ५२७ रुपैयाँ खर्च लागेको छ। नेपालको नक्सा र झण्डा नै नमिलेको भनेर आलोचना भएको लोगो केही सांसदले भने बुझिसकेका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑