वीरगंज | रोना कहरका बीच केही शिक्षक विद्यार्थीलाई सिकाउन कम्मर कसेर लागेका छन्, तर देशभरका अधिकांश सामुदायिक विद्यालयका शिक्षक निष्क्रिय बस्दा वैकल्पिक कक्षा प्रभावहीन बनेको छ ।
विद्यालय बन्द हुँदा बालबालिकालाई सिकाउने अभियानमा शिक्षकहरू केन्द्रित नभएको शिक्षाविद्हरू बताउँछन् । शिक्षण संस्था बन्द भए पनि पढ्ने/पढाउने कामलाई निरन्तरता दिनुपर्ने उनीहरूको सुझाव छ । सामुदायिक र संस्थागत गरी मुलुकभर ३ लाख १६ हजार ८ सय शिक्षक छन् । निजी विद्यालयले वैशाखदेखि नै वैकिल्पक कक्षा थालेकाले त्यहाँ कार्यरत धेरै शिक्षक शिक्षण पद्धतिमा जोडिएका छन् ।
असार १ गतेदेखि अनलाइन, रेडियो, टेलिभिजन र प्रिन्ट सामग्रीबाट वैकल्पिक कक्षा अभियान सुरु गरिएको थियो । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले गरेको अनुगमनमा वैकिल्पक कक्षा प्रभावकारी नभएको पाइएको छ । प्रभावकारी नहुनुको कारणमध्ये शिक्षक सक्रियता पनि एक हो । शिक्षा मन्त्रालय र शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षकहरूलाई वैकल्पिक कक्षामा सहभागी भएर विद्यार्थीलाई सहजीकरण गर्न अपिल गर्दै आएका छन् ।