चीनको सिनोफर्म कम्पनीले उसले बनाएको भ्याक्सीन इम्यून रेस्पोन्स ट्रायलमा राम्रो नतिजा आएको र अन्तिम चरणमा पुगेको दाबी गरेको छ ।
यसका साथै भ्याक्सीन तेश्रो चरणमा पुगेको छ । सारा विश्वका वैज्ञानिकहरुले कोरोना भाइरसविरुद्धको भ्याक्सीन यो वर्षको अन्तिमसम्ममा आईसक्ने बताईरहेका छन् । भ्याक्सीनको रेसमा बेलायत, अमेरिका र चीन सबैभन्दा अगाडि छन् ।
सिनोफर्मका शोधकर्ताहरुले प्रथम र मध्य चरणको ट्रायलमा यसले सुरक्षा प्रदान गरको र इम्यूनिटी पनि बढाएको बताएका छन् ।
अब रेगुलेटरी अप्रुभलका लागि एडभान्स लेभलमा टेस्टिङ रिने भएको छ । सिनोफार्मका चेयरम्यानले गएको महिना नै यस वर्षको अन्त्यमा एक राम्रो कोरोनाविरुद्धको भ्याक्सीन आउने बताएका थिए ।
यो भ्याक्सीनको तेश्रो चरणको ट्रयाल अब तीन महिनामा सम्पन्न हुनेछ । सिनोफर्मका शोधकर्ता र डिसिज कन्ट्रोल अथोरेटिज अफ चाइनाका यो रिपोटए जर्नल अफ द अमेरिकन मेडिकल एशोसिएसनमा प्रकाशित भएको हो ।
रिपोर्टमा शोधकर्ताहरुले भ्याक्सीनको पहिलो र दोश्रो चरणमा ३२० जना स्वास्थ् मानिसहरुलाई सहभागी गराइएको थियो । यी मध्ये कोहि पनि भ्यालेन्टियर्समा भ्याक्सीनको साइडइफेक्ट देखिएको थिएन ।
चीनको नेशनल फर्मास्यूटिकल ग्रुप सिनोफार्मले यो भ्याक्सीनको टेस्टिङ यूएईमा गराईरहेको छ । किनभने चीनमा केसहरु पर्याप्त छैनन् ।
कम्पनीले अबको तेश्रो चरणको ट्रायल १५ हजार मानिसमा गर्ने बताएको छ । चीनले अन्य ८ कोरेना भ्याक्सीनको ट्रायल पनि गराईरहेको छ ।
एजेन्सीको सहयोगमा