वीरगंज । नेवि संघ पर्साका जिल्ला सभापति विकास तिवारी रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय पर्साकाे आदेशमा नेता तिवारी साेमबार छैठाे दिन रिहा भएका हुन् ।प्रहरी हिरास्तमा रहेका नेता तिवारीलाई रु २ हजार धराैटीमा रिहा गर्न पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङकाे आदेश अनुसार प्रहरीले उनलाई छाेडेकाे हाे ।
तिवारी रिहा भएपछि नेवि संघ पर्साका नेता तथा कार्यकर्ताहरुले उनकाे स्वागत समेत गरेका छन् ।पर्सा प्रहरीले साउन २८ गते उनलाई नियन्त्रणमा लिएर सार्वजनिक शान्ति विरुद्धकाे खसुर मुद्दा दायर गरेकाे थियाे ।
सार्वजनिक शान्तिमा खल्ल पुग्ने गरी फेसबुकमा लेखेकाे आराेपमा प्रहरीले तिवारीलाई नियन्त्रणमा लिएर मुद्दा दायर गरेकाे थियाे । काेराेना महामारी राेकथाम तथा नियन्त्रणमा नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले प्रभावकारी काम गर्न नसकेकाे भन्दै नेता तिवारीले फेसबुकमा आक्राेस पाेखेका थिए ।
साेही खसुरमा उनलाई प्रहरीले नियन्त्रणमा लिएर मुद्दा चलाएकाे थियाे । प्रहरी नियन्त्रमा रहेका तिवारीकाे रिहाईकाे माग गर्दै नेवि संघले दबाव स्वरुप प्रदर्शन समेत गरेकाे थियाे ।यसअघि पनि निजि अस्पतालहरुले जनताकाे स्वास्थ्यसंग खेलवाड गरेकाे विरुद्धमा प्रदर्शनमा उत्रेका नेता तिवारी प्रहरी नियन्त्रणमा परेका थिए ।