• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    एस ई ई आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षाफल प्रकाशित

  • वीरगंज संजाल
  • १ भाद्र २०७७, सोमबार २०:०१
  • ३८४१

    वीरगंज  |  विद्यालयहरूले विगतका आन्तरिक परीक्षाका आधारमा पठाएको विद्यार्थीहरूको आन्तरिक मुल्याङ्कनलाई प्रमाणिकरण गर्दै राष्ट्रिय परीक्षा बोर्डले कोरोनाभाइरस महामारीका कारण हुननसकेको यो वर्षको एसईई परीक्षाको नतिजा प्रकाशन गरेको छ।

    राष्ट्रिय परीक्षा बोर्डले कोरोनाभाइरसको महामारीका कारण हुननसकेको यो वर्षको एसईई परीक्षाको नतिजा विद्यालयहरूको आन्तरिक मुल्याङ्कनका आधारमा प्रकाशन गरेको छ।

    राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले विद्यालयहरूले आन्तरिक मुल्याङ्कनका आधारमा पठाएका प्राप्ताङ्कलाई प्रत्येक जिल्लामा रहेका शिक्षा विकास तथा समन्वय इकाइले बोर्डमा पठाएको र त्यसलाई प्रमाणिकरण गरेर परीक्षाफल प्रकाशित भएको बीबीसीलाई बताए।

    परीक्षा बोर्डका सदस्य सचिव दुर्गा प्रसाद अर्यालले ग्रेडीङमा नै नतिजा आएपनि विगतमा जस्तै एउटै मापदण्डका प्रश्नपत्र सहित परीक्षा नगरिएकाले कुन ग्रेड ल्याउनेको सङ्ख्या कति छ भनेर प्रकाशन नगरिएको बताए।

    यसअघि चैत ६ गतेका लागि तय भएको एसईई परीक्षा कोरोनाभाइरसको महामारीका कारण जाँच हुनुभन्दा एक दिन अघि स्थगित गरिएको थियो।

    उक्त परीक्षामा ४ लाख ८२ हजार भन्दा बढी विद्यार्थी सहभागी हुन लागेका थिए।

    परीक्षा बोर्डका अध्यक्ष पौडेलका अनुसार बोर्डले एउटै प्रश्नपत्रबाट परीक्षा नलिएका हुनाले ग्रेडीङको हिसाब गरिएको छैन।

    उनले भने, “बिद्यालयहरूले आन्तरिक मुल्याङ्कन गरेर पठाएको भएकाले अलग अलग विद्यालयको अलग अलग मुल्याङ्कन गरेर प्रकाशन गर्नसक्ने अवस्था रहेन। देशव्यापी रूपमा कसको कति ग्रेड भनेर हिसाब गर्नुको पनि हामीले खासै अर्थ देखेनौँ।”

    विद्यालयहरूले अङ्कमा पठाएको प्राप्ताङ्कलाई सङ्टकालीन अवस्थामा बोर्डले प्रमाणिकरण गरिदिएर विद्यार्थीहरूलाई अघि बढ्ने बाटो खोलिदिएको उनको भनाई छ।

    नेपालमा सन् २०१६ मा पहिलो पटक ग्रेडिङ भनिने विधिबाट कक्षा १० को परीक्षाफल प्रकाशित गर्ने अभ्यास प्रारम्भ भएको थियो।

    कोरोनाभाइरसको महामारी जारी रहने सङ्केतसँगै सरकारले गएको जेठ २८ गते विगतमा विद्यालयहरूले गरेका आन्तरिक मुल्याङ्कनका आधारमा एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय लिएको थियो।

    बोर्डले त्यसपछि एउटा कार्यविधि तयार पारेर विशेष ढङ्गले नतिजा प्रकाशन गर्ने निर्णय लिएको थियो।

    त्यसअन्तर्गत विद्यालयहरूलाई आफ्ना नतिजा असार १५ गतेसम्म जिल्लामा र जिल्लालाई विद्यालयहरूका विवरणलाई असार मसान्तसम्म केन्द्रमा पठाइसक्न भनिएको थियो।

    साउनको मध्यमा नै परीक्षाफल प्रकाशित गर्ने भनेर परीक्षा बोर्डले भनेको भएपनि कतिपय ठाउँबाट आन्तरिक मुल्याङ्कन विवरण प्राप्त नभएको र कतिपय विषयमा शिक्षा मन्त्रालयको उच्चतहसँग परामर्श गर्नुपरेकाले केही समय लागेको बताइन्छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑