• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    होम आइसोलेसन कोरोना विस्फोटनको कारण

  • वीरगंज संजाल
  • Aug 17, 2020, 5:47 pm
  • १२०६५

    डा अनुप सुवेदी, सरुवा रोग विशेषज्ञ

    कोभिडको अहिलेको अवस्थामा स्वास्थ्यकर्मीहरु हतोत्साही भएको अवस्था छ। धेरै स्वास्थ्यकर्मी संक्रमित हुनुहुन्छ भने जति तयारी हामीले गर्नुपर्ने हो त्यसखाले तयारी पनि भएको देखिँदैन।

    पछिल्लो समय कोभिड मात्रै होइन, अन्य स्वास्थ्य सेवाहरु पनि प्रभावित भएका छन्।

    विश्व अन्य देशका तथ्यांकहरुले पनि कोभिडको समयमा अन्य स्वास्थ्य सेवाहरु पनि प्रभावित हुने देखाएको छ। किनभने यो समयमा स्वास्थ्य सेवा सबै कोभिड केन्द्रित हुँदा यस्तो समस्या आउने देखाएको छ।

    नेपालमै कोरोनाका कारण अन्य सेवा प्रभावित भएका छन्। बाल मृत्युदर, संस्थागत मातृशिशु मृत्युदर आधाभन्दा घटेको देखाएको छ। मानसिक स्वास्थ्यको समस्या पनि बढ्ने देखाउँछन्। यो समयमा क्षयरोग, मुटुरोग, हृदयघात लगायत रोगको उपचार निकै कम भइरहेको छ। यस्तो समयमा यी रोगका उपचार नहुँदा यसको प्रभाव पछिसम्म देखिन्छ।

    स्वास्थ्य सेवालाई प्रभावित हुन नदिई अन्य स्वास्थ्य सेवा प्रवाह गर्न पहिलो काम नै  कोभिड नियन्त्रणमा ध्यान दिनु हो। कोभिडलाई जति चाँडो नियन्त्रण गर्न सक्यो अन्य सेवालाई सुचारु गर्न सक्छौं।

    कसरी समुदायमा संक्रमण घटाउने, अस्पताल जाने संख्या कसरी घटाउने भन्ने कुरामै ध्यान दिनुपर्छ। त्यसको लागि आइसोलेसन, क्यारेन्टाइनको व्यवस्था हुनैपर्छ। त्यसका लागि स्वास्थ्यकर्मीलाई कसरी सुरक्षित राख्ने, उपकरण व्यवस्था कसरी गर्ने, स्वास्थ्य संस्थालाई संक्रमणको केन्द्र कसरी बन्न नदिने भन्ने कुरामै ध्यान दिनुपर्छ।

    अत्यावश्यक बाहेकका सेवाहरु अहिलेलाई अस्पतालमा कम गरिनुपर्छ। चिकित्सक र बिरामी नजिकको भएर सेवा दिने काम कसरी कम गर्ने, कुनै सेवा दिन बिरामीले मास्क समेत लगाउने नमिल्ने खालको हुन्छ, (जस्तोः इन्डोकोस्कोपी, इएनटी, डेन्टल सेवा) यस्तो बेलामा कसरी सुरक्षित रहने भन्नेमा ध्यान दिनुपर्छ।

    स्वास्थ्य संस्थामा राखिएको फिबर क्लिनिक राम्रोसँग चलेको छैन। त्यसको प्रमाण के भने धेरै स्वास्थ्यकर्मी संक्रमित भएका छन्। किनभने त्यहाँ सुरक्षाका उपाय राम्रोसँग अपनाइएको छैन। भित्रको भौतिक दूरी मेन्टेन भएन। बिरामीको भीड नियन्त्रण भएन। सामूहिक मिटिङलाई कन्ट्रोल गर्न नसक्दा नै स्वास्थ्यकर्मीलाई पनि सरेको अनुमान गर्न सकिन्छ।

    हामीले जुनसुकै स्वास्थ्य सेवा प्रवाहको विधि अपनाए पनि सबै स्वास्थ्यकर्मीहरुले मास्क, फेस सिल्ड लगाउनैपर्ने, अन्य मानिसको सम्पर्कमा आउनुपर्दा गाउन लगाउनै पर्ने, हरेक अस्पतालमा र्‍यापिड रेस्पोन्स टिम हुनैपर्छ। जसले रहेक किसिमको रिपोर्ट ट्रेस गर्छ। अस्पतालभित्र कन्ट्याक्ट ट्रेसिङ गर्न सकिन्छ। संक्रमित स्वास्थ्यकर्मीलाई क्वारेन्टाइन, आइसोलेसनमा राख्ने, कसलाई कहिले परीक्षण गर्ने भन्ने निर्णय लिन सकोस्। त्यसैले हरेक अस्पतालमा इन्फेक्सियस डिजिज कन्ट्रोलका लागि र्‍यापिड रेन्सपोन्स टिम चाहिन्छ होला।

    नेपालमा क्रिटिकल केयरका लागि पर्याप्त जनशक्ति छैनन्। अहिले कतिपय स्थानका स्वास्थ्यकर्मीले क्रिटिकल केयर मेरो काम होइन तर त्यहाँ नै काम गर्नुपरेको छ भन्नुहुन्छ। म आफैंलाई गाह्रो लाग्छ। यस्तो अवस्थामा हामीले क्रिटिकल केयर एसोसिएसनमा राखेर एउटा कन्सल्टिङ युनिट बनाउनुपर्छ। जसले बाहिरीका चिकित्सकलाई प्रश्न सोध्ने, भिडियो च्याट गर्ने, क्रिटिकल केयरबारे सोध्ने वातावरण मिलाइदिनुपर्छ।

    पछिल्ला समयमा पे्ररित गरिएको होम आइसोलेसन विस्फोटनको जड हुनसक्छ। अहिले मैले देखिरहेको समस्या के भने, बिरामीहरु मलाई फोन गरेर ज्वरो आएको छ, खोकी लागेको छ भन्नुहुन्छ। मैले परीक्षण गराउन जानुस् भनेर भन्दा २ कारणले जान मान्नुहुन्न। एउटा, परीक्षण गराउँदा पोजिटिभ आयो भने छरमिकेकले घरिपरिवारलाई दुव्र्यवहार गर्छ। अर्को, पुलिस आउँछ अनि मलाई कहाँ लगेर थन्क्याइदिन्छ भन्ने डरले। अयोग्य ठाउँमा बस्न दिइन्छ भन्ने डर छ।

    होम आइसोलेसन भनेको अनकन्टार ठाउँमा हुनैसक्दैन। नजिकै ठूलो आइसियु भएको अस्पताल हुनैपर्छ। हामी अमेरिकाको उदाहरण हेर्छौैं। त्यहाँ हरेक आधा घण्टामा आइसियुको सुविधा छ। समस्या हुने बित्तिकै ७ मिनेटमा जहाँबाट पनि एम्बुलेन्सले अस्पताल पुर्‍याउन सक्छ। फेरि त्यहाँ परिवार पनि छुट्टाछुट्टै बस्छन्।

    हामीले विदेशको हेरेर यहाँ लागू गर्न खोज्छौँ। नेपालमा मिल्दैन। हाम्रोमा सबैको व्यक्तिगत रुम, शौचालयको सुविधा छैन। काठमाडौं लगायतका केही सहरका धनाढ्य परिवारमा मात्र होम आइसोलेसन सम्भव हुन सक्छ। त्यसैले संस्थागत आइसोलेनको व्यवस्था गर्नैपर्छ। जुन बिरामी भाग्न सक्ने खालको हुनु हुँदैन।

    जसले गर्दा हामीले लक्षण नभएका संक्रमतिलाई त्यहाँ राख्न सकियो भने लक्षण भएका र उपचार पाउनैपर्ने संक्रमितले अस्पतालमा उपचार पाउँछन्। त्यसको अर्को फाइदा के हुन्छ भने, अहिले हामी स्वास्थ्यकर्मी धेरै संक्रमित भएको कुरा गरिरहेका छौं किनभने अस्पतालमा लक्षण नभएका बिरामी भर्ना गरिरहेका छौँ नि त।

    ती लक्षण नभएका बिरामीलाई आइसोलेसनमा राख्न सकेमा अस्पतालमा चाप कम हुन्छ भने अस्पतालमा लक्षण भएका र गम्भीर बिरामीलाई मात्र भर्ना गर्न सकियो भने स्रोतसाधनको पनि उचित प्रयोग हुन्छ जस्तो लाग्छ।

    वीरगञ्जकै उहाहरण हेरौँ, त्यहाँ अस्पताल भर्ना हुनुपर्ने बिरामी घरमा, लक्षण नभएका बिरामी अस्पतालमा भर्ना भएको अवस्था छ।

    कोभिडका बिरामी बढेकाले ३–४ ठूला अस्पताललाई लिएर शंकास्पद बिरामी त्यहाँ राख्न सकिन्छ। र, त्यो बीचमा अन्य अस्पतालमा कोभिड उपचारका लागि तयार गर्नुपर्छ। त्यसमा पनि पुगेन भने फेरि नयाँ योजना बनाउनुपर्छ। अस्पतालले पनि लगानी लगाउनुपर्छ। त्यसकै लागि तोकिएको टिम बनाउनुपर्छ।

    तर, अहिले सबै अस्पतालमा २० प्रतिशत बेड छुट्याउनु भनिएको छ। यो अव्यावहारिक र अदूरदर्शी काम हो। हामीले के ध्यान दिनुपर्छ भने, जति पनि स्वास्थ्यकर्मीलाई संक्रमण देखिएको छ ती कोभिडका लागि नछुट्याइएका अस्पतालका हुन्। त्यहाँ मिसमास भएको छ। त्यहाँ उचित सुरक्षाको पालना भएको छैन। कोभिडकै लागि तोकिएका अस्पतालका कर्मचारीलाई कम संक्रमण देखिएको छ।

    (स्वास्थ्यखबरले स्वास्थ्यका विभिन्न निकायका प्रतिनिधिसँग छलफल गरेको थियो। सो छलफमा डा सुवेदीले व्यक्त गरेका धारणाको सम्पादित अंश)

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गरिमा हत्याका आराेपीको बयानको भिडियो लिक गर्ने एक प्रहरी पक्राउ
  • गरिमा हत्याका आरोपीको भिडियो साेसल मिडियामा हाल्नेहरुलाई खाेज्दै प्रहरी
  • मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यका लागि विद्यार्थी सचेतना कार्यक्रम सम्पन्न
  • गिनीमा फोहोरको पहाड खस्दा ३० जनाको मृत्यु
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गरिमा हत्याका आराेपीको बयानको भिडियो लिक गर्ने एक प्रहरी पक्राउ

    गरिमा हत्याका आरोपीको भिडियो साेसल मिडियामा हाल्नेहरुलाई खाेज्दै प्रहरी

    मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यका लागि विद्यार्थी सचेतना कार्यक्रम सम्पन्न

    गिनीमा फोहोरको पहाड खस्दा ३० जनाको मृत्यु

    शशिधरलाई रिसोर्ट चलाउन दिएको ४८ करोड दुरुपयोग: प्रभु बैंकका सीईओ शेरचन र रश्मीसहित ७ विरुद्ध मुद्दा

    इरानलाई ‘मक्का प्याक्ट’मा सामेल हुन निमन्त्रणा !

    ट्रम्पको स्वास्थ्यमा देखिएको अर्को समस्या

    सुन खोज्न गाउँमा लाग्यो १० हजारको भीड, बाख्रा चराउने गोठालाले फेला पारेका थिए ३ ग्राम सुन

    २ बर्षिया बालिका हत्याकाे घटनामा ‘घरभित्रकै व्यक्ति’ पक्राउ

    पूर्वराजा ज्ञानेन्द्र शाहसँग जय नेपाल पार्टीका सभापति धवल शम्शेरले गरे दुई घन्टा कुराकानी

    गरिमा हत्याका आराेपीको बयानको भिडियो लिक गर्ने एक प्रहरी पक्राउ

    गरिमा हत्याका आरोपीको भिडियो साेसल मिडियामा हाल्नेहरुलाई खाेज्दै प्रहरी

    मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यका लागि विद्यार्थी सचेतना कार्यक्रम सम्पन्न

    गिनीमा फोहोरको पहाड खस्दा ३० जनाको मृत्यु

    शशिधरलाई रिसोर्ट चलाउन दिएको ४८ करोड दुरुपयोग: प्रभु बैंकका सीईओ शेरचन र रश्मीसहित ७ विरुद्ध मुद्दा

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    गरिमा हत्याका आराेपीको बयानको भिडियो लिक गर्ने एक प्रहरी पक्राउ

    News

    गरिमा हत्याका आरोपीको भिडियो साेसल मिडियामा हाल्नेहरुलाई खाेज्दै प्रहरी

    News

    मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यका लागि विद्यार्थी सचेतना कार्यक्रम सम्पन्न

    News

    गिनीमा फोहोरको पहाड खस्दा ३० जनाको मृत्यु

    News

    शशिधरलाई रिसोर्ट चलाउन दिएको ४८ करोड दुरुपयोग: प्रभु बैंकका सीईओ शेरचन र रश्मीसहित ७ विरुद्ध मुद्दा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑