वीरगंज | नेपालमा कोरोना संक्रमितको संख्या २७ हजार नाघेको छ । गत २४ घण्टामा ५ सय ८१ जना भेटिएसँगै संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
एपीएफ प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ६, भेरी अस्पतालमा बाँकेका २४ र सल्यानका १, बिध ल्याब ललितपुरमा बारा र भक्तपुरका १/१, काठमाडौंका ६, ललितपुरका १ र पर्साका ३ जनामा कोरोना भेटिएको छ ।
वीर अस्पतालमा बाराका १, काठमाडौंका ११, पर्सा र सप्तरीका १/१, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मोरङका ११, धनुषा र झापाका १/१ र सुनसरीका ३१, डडेल्धुरा अस्पतालमा डडेल्धुराका १ जनामा कोरोना पाइएको छ ।
धुलिखेल अस्पतालमा बाराका १४, काठमाडौंका २, पर्साका ५८, काभ्रेपलाञ्चोकका ४, ह्याम्स अस्पतालमा भक्तपुरका ३, काठमाडौंका १६, महोत्तरी, पर्सा र धनुषाका १/१, स्वास्थ्य कार्यालय दैलेखमा देलेखका १ जनामा कोरोना पुष्टि भएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जुम्लाका ३, केएमसी अस्पतालमा भक्तपुरका १, काठमाडौंका ४ र ललितपुरका १, कोशी अस्पतालमा मोरङमा ७ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।
यस्तै, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा नवलपरासी पश्चिमका १, रुपन्देहीका १० र कपिलवस्तुका १, नारायणी अस्पताल वीरगञ्जमा बाराका ५ र पर्साका ६ जनामा कोराना पाइएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बाराका ३५, भक्तपुरका १, काठमाडौंका २०, ललितपुरका ३, पर्साका २, रौतहटका ३, सर्लाहीका १२ र सिन्धुपाल्चोकका ५, नेसनल प्याथ ल्याब रुपन्देहीमा रुपन्देहीका ११ र कास्कीका १ जनामा कोरोना भेटिएको छ ।
कोरोना पुष्टि हुनेमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कास्कीका १, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा काठमाडौंका २, मोरङका २२, झापाका ६, सुर्खेत र तनहुँका १/१, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा अर्घाखाँचीका १, प्यूठानका २८ र रुपन्देहीका ९ जना छन् ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला गण्डकी प्रदेशमा कास्कीका १२, नवलपुर पूर्वका १ र स्याङजाका ४, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दाङका १, सेती प्रादेशिक अस्पतालमा कैलालीका १६, कञ्चनपुरका १२ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
श्री वीरेन्द्र अस्पतालमा कास्कीका १, काठमाडौंका ७, सोरिया अस्पतालमा भक्तपुर, काठमाडौं र पर्साका १/१, स्टार अस्पतालमा बाराका १, भक्तपुरका २, दाङका १, काठमाडौंका ७, ललितपुरका ३, धुनषा, मकवानपुर र झापाका १/१ र धादिङका २ जनामा कोरोना पाइएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा बारा र भक्तपुरका २/२, काठमाडौंका २०, ललितपुरका ४, पर्साका १, रौतहटका ८, सर्लाही र चितवनका १/१ जनामा कोरोना भेटिएको प्रवक्ता गौतमले बताए ।
यस्तै, त्रिवि शिक्षण अस्पतालमा भक्तपुरका १, काठमाडौंका ११, महोत्तरीका १, पर्सा र रुपन्देहीका २/२, सर्लाहीका १, धादिङका २, तनहुँ र नुवाकोटका १/१, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा मकवानपुरका ३ र सर्लाहीका २ जनामा कोरोना भेटिएको छ ।
गत २४ घण्टामा गरिएको परीक्षणमा नेपाल प्रहरी अस्पतालमा काठमाडौंका १७ र ललितपुरका १, नेपाल कोरियन मैत्री अस्पतालमा भक्तपुरका २, काठमाडौंका ९ र ललितपुरका २ जनामा कोरोना पुष्टि भएको छ ।
५ सय ८१ संक्रमितमध्ये १ सय ७३ जना महिला छन् । कोरोनाको आशंकामा गत २४ घण्टामा ११ हजार ५ सय २० जनाको पिसिआर परीक्षण भएको छ ।कुल संक्रमितमध्ये ९ हजार ६ सय ३९ जना सक्रिय संक्रमित छन् । हाल १५ हजार १ सय ५८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।