बारा । बारामा प्रहरीले झडप रोक्नको लागि १३ राउण्ड हवाइ फायर गरेको छ ।
सिम्रौनगढ नगरपालिका-११ भवानीपुर र आदर्शकोतवाल गाउँपालिका-६ पटेर्वाका स्थानीयबीच झडप हुँदा ४ प्रहरी र १२ सर्वसाधरण घाइते भएपछि अवस्था सामान्य बनाउनको लागि प्रहरीले हवाई फायर गरेको हो ।
कुलोमा माछा मारेको र डुबानको विषयमा भएको विवादले उग्र रुप लिँदा झडप भएको हो । बाराका प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्रले दिएको जानकारी अनुसार झडपमा घाइते भएकाहरुको अवस्था सामान्य छ ।