धनुषा। धनुषामा कोरोना भाइरसको संक्रमणबाट सोमबार थप एकजनाको मृत्यू भएको छ । मृत्यु हुनेमा धनुषाको धनौजी गाउँपालिका वडा नम्बर ३ बस्ने ६५ वर्षीय पुरुष रहेको अस्पतालका निमित मेडिकल सुपरिटेन्डेन्ट डा. जामुनप्रसाद सिंहले जानकारी दिए ।
उनलाई श्वासप्रश्वास समस्या तथा रुघाखोकी लागेपछि साउन २६ गते पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो ।
योसँगै धनुषामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको प्रदेश २ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।