• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    टिकटकले बिगार्‍यो नेपालको इन्टरनेट सेवा

  • वीरगंज संजाल
  • १ भाद्र २०७७, सोमबार ११:५८
  • ३३१३

    वीरगंज | पछिल्लो समय टिकटक प्रयोगमा अत्याधिक वृद्धि हुँदा नेपालको इन्टरनेट सिस्टममै समस्या आएको छ । लकडाउन सुरु भएदेखी केहीरुपमा बढेको टिकटकको प्रयोग पछिल्लो एक महिनाको अवधिमा भने अस्वभाविक रुपमा मात्रामा वृद्धि भएको हो ।

    इन्टरनेट सेवा प्रदायकहरुका अनुसार सामान्य अवस्थाको तुलनामा लकडाउनसँगै टिकटकको प्रयोगमा वृद्धि भएको थियो । त्यसबेलाको वृद्धि अपेक्षित नै थियो ।

    इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) का पूर्व अध्यक्ष विनय बोहोरा भन्छन्, ‘सामान्य अवस्थामा भन्दा १५ प्रतिशतको वृद्धिलाई हामीले समान्य रुपमा नै लिएका थियौं । किन भने घरमा बसेर समय बिताउनुपर्दा टिकटक, युट्यव, फेसबुक लगायतका सामाजिक सञ्जालको प्रयोगमा वृद्धि हुनु स्वभाविक नै थियो ।’

    तर, लकडाउनपछिको अवस्था भने फरक छ । विश्व परिवेशमा भएका दुई वटा ठूला घटनाले पनि यो खालको अवस्था सिर्जना भएको हो । अमेरिका र चीनबिचको ब्यापार युद्ध तथा भारत र चीनबीच जारी पछिल्लो सीमा बिवादको असर पनि टिकटकमा परेको छ ।

    ‘यसको प्रत्यक्ष प्रभाव त नभनौं,’ वर्ल्डलिंकका प्रतिनिधि भन्छन्, ‘तर, भारतले टिकटकमा लागाएको प्रतिबन्धले टिकटकको छुट्टै खालको चर्चा बटुलेको छ । जसले गर्दा नेपालमा टिकटक प्रयोगकर्ता ठूलो संख्यामा बढेका छन् । टिकटक नै प्रयोग नगर्नेहरुले पनि अहिले टिकटकको प्रयोग गर्न थालेका छन् ।’

    १५ दिन अघिमात्रै यसअघि प्रयोगमा रहेको टिकटकले आफ्नो प्राटोकलमा पनि परिवर्तन गरेको छ । एचटीटीपी प्रोटोकलबाट सिफ्ट हुँदै टिकटक अहिले एचटीटीपीएसमा परिवर्तन भएको छ । सुरक्षाको हिसाबले कम्पनीले यो खालको प्रोटोकल परिवर्तन गरेको हो । तर, यसको प्रत्यक्ष प्रभाव सेवाले खपत गर्ने ब्याण्डविथमा परेको वर्ल्डलिंकका प्राविधिकको भनाई छ ।

    भायनेटका प्राविधिक प्रमुख ओम थापाका अनुसार यो प्राटोकल लागु हुनु अघिसम्म नेपालका इन्टरनेट सेवा प्रदायकले ट्रान्सप्यारेन्ट ट्राफिक क्यासिङ सिस्टममार्फत टिकटकको क्यास राखिरहेको थिए । त्यसो हुँदा ४० जीबीपीएससम्म क्यास जम्मा हुन्थ्यो ।

    जसले ४० जीबीपीए अन्तर्राष्ट्रिय ट्राफिक बचत भइरहेको थियो । तर, उक्त प्राटोकल परिवर्तन भएसँगै यहाँको क्यास सिस्टमले स्थानीय ट्राफिक पाइरहेको छैन ।

    ‘प्राविधिक रुपमा पनि हामीले एचटीटीपी प्राटोकलको मात्रै क्यास राख्न सक्छौं । एचटीटीपीएसको चाहिँ सम्भव छैन र कानूनी रुपमा पनि यसो गर्न मिल्दैन् । टिकटकले नेपालमा अकामाईमार्फत एचटीटीपीएस ट्राफिक दिइरहेको थियो । तर, अकामाईको एचटीटीपीएस सर्भर पनि लामो समयदेखी भरिएको अवस्था छ,’ थापा भन्छन, ‘लकडाउनका कारण र अन्तर्राष्ट्रिय उडान नहुँदा त्यसमा अपडेट पनि हुन सकेको छैन । जसले गर्दा टिकटकमा अहिले सोझै अन्तर्राष्ट्रिय ब्याण्डविथ खपत भइरहेको छ ।’

    अहिले पिक आवरमा टिकटकले ६० जीबीपीएस अन्तराष्ट्रिय ब्याण्डविथ खपत गरिरहेको वर्ल्डलिङका प्रतिनिधिको भनाई छ । ‘जुन हाम्रो कुल अन्तर्राष्ट्रिय ट्राफिकको २५ प्रतिशत हो,’ उनले भने ।

    यसले गर्दा अन्तर्राष्ट्रिय ब्याण्डविथको क्षमतामा नै ठूलो असर परिरहेको छ । यो परिवर्तनका लागि नेपालका इन्टरनेट सेवा प्रदायक तयार अवस्थामा थिएनन् ।

    यो विषयमा टिकटक र अकामाइले पनि सेवा प्रदायकलाई अग्रीम जानकारी नदिएको बताइएको छ । त्यसैले सेवा प्रदायकले अहिले अन्य सेवमा कुनै किसिमको असर नपरोस भनेर पिक आवरमा टिकटकमा रेट लिमिट अर्थात ब्याडविथ घटाउने कार्य सुरुगरेको बताएका छन् ।

    लकडाउनै सेवा प्रदायकलाई चुनौती बनेको अवस्थामा टिकटक अझ ठूलो चुनौती बनेको सेवा प्रदायकहरुको भनाई छ । उनीहरुका अनुसार लकडाउन सुरु भएसँगै इन्टरनेशनल ट्राफिक २०० जीबीपीएसबाट बढेर ३०० जीबीपीएस पुगेको छ । यसले आर्थिक रुपमा ठूलो भार परेको छ ।

    अर्कोतर्फ लकडाउनका कारण पैसा उठ्न नसकेको सेवाप्रदायकहरुको दुखेसो छ । जसले गर्दा पूर्वाधार विस्तार गर्न सक्ने अवस्था समेत नरहेको इन्टरनेट सेवा प्रदायक कम्पनीका सञ्चालकहरु बताउँछन् । यही गतिमा टिकटकको प्रयोग बढ्दै जाने हो र यसको व्यवस्थापन गर्न नसक्ने हो भने नेपालको इन्टरनेट गुणस्तरमा भारी मात्रामा कमी आउने सेवा प्रदायकले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑