• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    २७ वाणिज्य बैंकको गत आर्थिक वर्षमा ५४ अर्ब ३२ करोड मुनाफा

  • वीरगंज संजाल
  • ३२ श्रावण २०७७, आईतवार २२:५०
  • ३३२९

    कोभिड १९ को प्रभाव बैंकको वित्तीय विवरणमा देखिएको छ । गत आर्थिक वर्ष (०७६/७७) मा वाणिज्य बैंकहरूको खुद मुनाफामा करिब १२ प्रतिशतले संकुचन आएको छ । गत आर्थिक वर्षमा सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकले ५४ अर्ब ३१ करोड ६० लाख ८९ हजार खुद मुनाफा आर्जन गरेका छन् । जुन अघिल्लो आर्थिक वर्ष (०७५/७६) को भन्दा ११.९५ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षमा २७ वटा वाणिज्य बैंकले ६१ अर्ब ६९ करोड १ लाख ५४ हजार खुम मुनाफा आर्जन गरेको थिए ।

    गत आर्थिक वर्षमै ग्लोबल आईएमई बैंक र जनता बैंक मर्जर भएको तथा कैलाश विकास बैंक, ओम डेभलपमेन्ट बैंक तथा कन्काई विकास बैंक विभिन्‍न वाणिज्य बैंकमा मर्जर भएर एकीकृत कारोबार सुरु गर्दा यी बैंकले गर्दै आएका व्यवसायसमेत वाणिज्य बैंकमा थपिएको थियो । यसलाई आधार मान्‍ने हो भने वाणिज्य बैंकहरूको खुद मुनाफामा अझै गिरावट आएको देखिन्छ । आर्थिक वर्षको अन्त्यमा गण्डकी विकास बैंक, देव विकास बैंक र सहयोगी विकास बैंक पनि वाणिज्य बैंकमै विलय हुन पुगेका थिए ।

    कोभिड १९ ले समग्र अर्थतन्त्रमा परेको प्रभाव बैंकहरूको वित्तीय विवरणमा पनि परेको हो । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको तेस्रो त्रैमासमा चैत मसान्तमा असुल हुन्पर्ने ब्याज रकममा १० प्रतिशत छुट दिन तथा चौथौ त्रैमासमा चैत मसान्तमा कायम रहेको ब्याजमा २ प्रतिशत विन्दुले घटाएर गणना गर्न निर्देशन दिँदा त्यसको प्रभावले बैंकहरूको नाफा घटेको हो ।

    राष्ट्र बैंकको उक्त निर्देशनका बाबजुत पनि कतिपय बैंकको आम्दानीमा वृद्धि हुँदासमेत खुद नाफा भने घटेको छ । एनएफआरएसअनुसार वित्तीय विवरण तयार पर्दा बैंकहरूले नउठेको ब्याजलाई पनि आम्दानी जनाउनुपर्ने हुन्छ ।

    कोभिडको कारणले प्रभावित व्यवसायीहरूले असार मसान्तमा कर्जाको सावाँ तथा ब्याज तिर्न नसक्दा बैंकहरूको ठूलो कर्जा असुल हुन सकेको छैन । गत पुस मसान्तमा असल वर्गमा रहेको तर असार मसान्तमा असुल हुन नसकेको कर्जाको ५ प्रतिशत रकम बैंकहरूलाई प्रोभिजन गर्न राष्ट्र बैंकले निर्देशन दिँदा बैंकहरूले ठुलो मात्रामा सम्भावित कर्जा जोखिमका लागि प्रोभिजन गरेका छन् । जसले गर्दा बैंकहरूको आम्दानी बढ्दा पनि खुद नाफामा भने गिरावट आएको हो ।

    बैंकहरूले प्रकाशित गरेको वित्तीय विवरणमा अघिल्लो आर्थिक वर्षको तुलनमा गत आर्थिक वर्षमा ५ वटा बैंकको नाफामा वृद्धि भएको छ । नाफा बढाउने ५ वटा बैंकमध्ये ३ वटा बैंकक मर्जर तथा प्राप्ति गरी गत आर्थिक वर्षमै एकीकृत कारोबार सुरु गरेका छन् । ग्लोबल आइएमई बैंकले जनता बैंकसँग मर्जर गरेको थियो । गत मंसिरबाट एकीकृत कारोबार सुरु गरेको बैंकले मंसिरपछि दुवैले कमाएको नाफा वित्तीय विवरणम देखिँदा नाफामा वृद्धि देखिएको हो । यस्तै नाफा बढाएको प्राइम कमर्सियल बैंकले पनि गत आर्थिक वर्षमा कन्काई विकास बैंक र कैलाश विकास बैंकलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गरेको थियो भने एनएमबी बैंकले ओम डेभलपमेन्ट बैंकलाई मर्जर गरेको थियो ।

    एनआईसी एशिया बैंक र सेञ्चुरी कमर्सियल बैंकले भने व्यवसाय विस्तार गरेरै नाफा कमाएका हुन् । एनएमबी बैंकले ओम डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्दा आएको वार्गेन गेनलाई समेत गैरसञ्चालन आम्दानीका रुपमा खुद नाफामा देखाएको छ । जसले गर्दा पनि बैंकको खुद नाफामा सामान्य वृद्धि देखिएको हो ।

    यद्यपि बैंकहरूले अहिले प्रकाशित गरेको वित्तीय विवरण औपचारिकताका लागि मात्रै हो । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत गत आर्थिक वर्षमा असुल हुनुपर्ने ब्याज चालु आर्थिक वर्षको असोज मसान्तसम्म असुल भए पनि त्यसलाई गत आर्थिक वर्षको आम्दानी जनाउन सक्ने व्यवस्था छ। जसले गर्दा बैंकहरूले आगामी असोज मसान्तसम्म असुल गरेको ब्याजलाई गत वर्षको मुनाफामा देखाउन सक्छन् । असोज मसान्तमा थप ब्याज असुल भए बैंकहरूले गरेको प्रोभिजन पनि घट्नसक्ने र हुँदा बैंकहरूको लेखापरीक्षणपछिको वित्तीय विवरणमा मुनाफा थप बढ्न सक्नेछ ।

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑