वीरगंज | साथीभाइ र आफन्तमा कोरोना भाइरस छैन भन्ने सोचले ठूलो खतरा निम्ताइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रायलय जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमण साथीभाइ, आफन्त वा चिनजान भएको व्यक्तिबाट नै सर्ने भएकोले सचेत रहन सर्वसाधरणमा अनुरोध गरे ।
“आफ्नो साथीभाइ, आफन्त र चिनजानका व्यक्तिमा कोरोना भाइरस छैन, उनीहरुसँग भेट्दा मास्क लगाउनु पर्दैन र दूरी कायम गर्नुपर्दैन भन्ने सोचले खतरा बढाएको छ,” उनले भने ।
“मलाई केही हुँदैन, म बलियो छु, यो रोग दिर्घरोगीलाई मात्र खतरा हो भन्ने सोच हटाउन उनले सबैलाई अनुरोध गर्दछु,”उनले भने,“कोरोनाले धनि–गरिब, वृद्धा–युवा वा केटाकेटी कोही पनि छुट्याउदैन।”
उनका अनुसार नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्नु आफैंमा खतराको संकेत रहेको छ । नेपालमा पछिल्लो केही दिन यता कोरोना संक्रमण बढ्दो क्रममा देखिन्छ ।
अझ घनाबस्ती भएका जिल्लामा कोरोना बढिरहेकै छ । चिकित्सकहरुले समेत कोरोना घनाबस्तीमा फैलिए नियन्त्रणमा आउँन गाह्रो हुने बताउँछन् ।