वीरगञ्ज | बारामा आइतबार थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।जिल्लाका चार स्थानीय तहहरुमा गरी थप ६५ जनामा कोरोना संक्रमण देखिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी दिए।
सबैभन्दा बढी जितपुर सिमरा उप–महानगरपालिकामा ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको पण्डितले बताए।
यस्तै महागढी माइ नगरपालिकामा १७ जना,करैयामाइ गाउँपालिकामा १० र कलैया उपमहानगरपालिकामा २ जनामा कोरोना संक्रमण देखिएको छ।