• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भरतपुर अस्पतालका मेसुलाई संक्रमण देखिएपछि कन्ट्र्याक्ट ट्रेसिङमा प्रजिअदेखि प्रदेश सांसदसम्म

  • वीरगंज संजाल
  • ३२ श्रावण २०७७, आईतवार १५:०१
  • २६०१

     चितवन |  चितवन जिल्लामा २६ जना स्वास्थ्यकर्मीमा कोभिड-१९ को संक्रमण पहिचान भएको छ। संक्रमित पुष्टि हुनेमा भरतपुर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका स्वास्थ्यकर्मी रहेका छन्।

    संक्रमण पुष्टि हुनेमा भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर श्रीराम तिवारी र स्त्रीरोग विशेषज्ञ एवम् प्रसूति विभाग प्रमुख प्राध्यापक डाक्टर सुनिलमणि पोखरेल छन्। त्यस्तै, रत्ननगर बकुलहर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विश्वबन्धु बगालेलाई पनि कोभिड-१९ को संक्रमण पहिचान भएको छ।

    सामाजिक विकास मन्त्रालय वाग्मती प्रदेशको तथ्यांक अनुसार शनिवार ५ बजेसम्मको तथ्यांकमा चितवन जिल्लामा १ सय ८९ जनामा संक्रमण पुष्टि भएको छ। त्यसपछि भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालाको शनिवार राती १२ बजेसम्मको रिपोर्टअनुसार थप २७ जनामा कोभिड-१९ को संक्रमण पहिचान भएको छ। यससँगै जिल्लामा संक्रमित हुनेको संख्या २ सय १६ पुगेको छ। संक्रमित मध्ये २६ जना स्वास्थ्यकर्मी रहेको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकप्रसाद तिवारीले जानकारी दिए। यस आधारमा जिल्लामा कुल संक्रमितको १२ प्रतिशत हो।

    संक्रमण पुष्टि हुनेमा भरतपुर अस्पतालका पाँच जना चिकित्सक र दुई जना स्टाफ नर्स रहेका छन्। उनीहरुको उपचार भरतपुर अस्पतालको पुरानो क्याविनमा भइरहेको छ। मर्मतका लागि भन्दै भरतपुर अस्पतालले सञ्चालन गरेको कोभिड-१९ अस्थायी अस्पताल बन्द छ। भरतपुर अस्पतालभित्रको पुरानो क्याविनमा संक्रमितहरुको उपचार हुँदै आएको छ।

    त्यस्तै बीपी काइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत १० जना स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

    संक्रमितमध्ये सबैभन्दा बढी भरतपुर महानगरपालिकाका १ सय ४२ जना रहेका छन्। त्यस्तै, रत्ननगरका १३, खैरहनीका ९, माडीका ४१, राप्तीका ७, कालिकाका ५ र इच्छाकामना गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ।

    चितवनमा संक्रमण पुष्टि भएका मध्ये १४ जना सुरक्षाकर्मीसमेत रहेका छन्। जुन कूल संक्रमितको ६ प्रतिशत हो। संक्रमित मध्ये १ सय १३ जना निको भइसकेका छन् भने एकजनाको भरतपुरमा उपचारका क्रममा मृत्यु भएको थियो। बाँकीको उपचार भइरहेको छ।

    संक्रमण पुष्टि हुनु एक दिन अगाडि सार्वजनिक बैठकमा थिए मेसु

    भरतपुर अस्पतालका प्रमुख मेसु डाक्टर तिवारीलाई शनिवार राती कोभिड- १९ को संक्रमण पहिचान भयो। यससँगै भरतपुर अस्पतालमा सेवामा प्रभावित भएको छ नै यसले जिल्लालाई नै तरंगित पारेको छ।

    संक्रमण पुष्टि हुनु एक दिन अगाडिमात्र उनी भरतपुर अस्पतालमा भएको बैठकमा सहभागी भएका थिए जहाँ जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रदेश सांसद, महानगर प्रमुखदेखि विभिन्न अस्पतालका प्रमुखहरु समेत सहभागी थिए।

    २९ गते भरतपुर अस्पतालको इमरजेन्सी वार्डमा कार्यरत स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएसँगै अस्पतालको इमरजेन्सी कक्ष सिल भयो। अस्पतालले सबै स्वास्थ्यकर्मीहरु, कर्मचारीहरुलाई स्वाब परीक्षणका लागि अनुरोध गर्‍यो।

    अस्पतालमा विभिन्न कार्य जिम्मेवारीका साथ कार्यरत कर्मचारीहरुमा ज्वरो आउने, जीउ, हातखुट्टा दुख्ने, टाउको दुख्ने र रुघाखोकी लागेमा वा कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिएमा परीक्षणका लागि स्वाब संकलन गराउन अनुरोध गरेको छ। त्यसरी नमुना दिएपछि रिपोर्ट नआउँदासम्म होम क्वारेन्टाइनमा बस्न भनेको छ।

    रिपोर्ट नेगेटिभ आएपछिमात्र विभागीय प्रमुख वा इन्चार्जसँग समन्वय गरी काममा खटिन कर्मचारीलाई अस्पतालले अनुरोध गरेको थियो।

    अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर तिवारीले पनि बिहीवार (२९ गते) नै स्वाब संकलन गराएका थिए। अर्का चिकित्सक डाक्टर पोखरेलले पनि सोही दिन स्वाब संकलन गराएका थिए। पोखरेल होम आइसोलेसनमा छन्। तिवारी पुरानो क्याविनमा रहेका छन्। पोखरेललाई पनि पुरानो क्याविनमा ल्याउने तयारी भइरहेको अस्पतालका अध्यक्ष डाक्टर भोजराज अधिकारीले जानकारी दिए।

    कोभिड-१९ को पीसीआर परीक्षणका लागि स्वाब संकलन गराउनु भनेको सम्भावित कोभिड-१९ संक्रमित हुन्। यस्ता व्यक्तिलाई रिपोर्ट नआउँदासम्म होम क्वारेन्टाइनमा बस्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ। तर, डाक्टर तिवारी शुक्रवार नै बैठकमा सहभागी भए।

    अस्पतालका अध्यक्ष डाक्टर भोजराज अधिकारीले अस्पतालमा स्वास्थ्यकर्मीहरुमा संक्रमण देखिएको र संक्रमितको संख्या पनि बढ्दै गएपछिको अवस्थाका बारेमा छलफल गर्नका लागि सरोकारवालाको बैठक बोलाए। अस्पतालको मेसुका हैसियतले उनको उपस्थिति महत्त्वपूर्ण हुने नै भयो। उनी सहभागी भए। बैठकको सञ्चालन डाक्टर तिवारीले नै गरे।

    उनीसँगै बैठकमा अध्यक्ष डाक्टर अधिकारीसँगै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, प्रदेश सांसदहरु घनश्याम दाहाल, मिलनबाबु श्रेष्ठ, विजय सुवेदी पनि सहभागी थिए। महानगर प्रमुख रेनु दाहाल, जिल्ला समन्वय समितिका प्रमुख कृष्ण डल्लाकोटी, सत्तारुढ दल नेकपाका जिल्ला अध्यक्ष यमबहादुर परियार, नेपाली कांग्रेसका जिल्ला सभापति जीतनारायण श्रेष्ठ, समाजवादी पार्टीका अध्यक्षसमेत सहित कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज)का निर्देशक, चितवन मेडिकल कलेजका निर्देशक, चिकित्सक संघका पदाधिकारीहरु, भरतपुर अस्पतालका अन्य चिकित्सकहरु पनि सहभागी थिए।

    बैठकमा सहभागीमा संक्रमण पुष्टि भएसँगै जिल्लाका प्रमुख नेतृत्वलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ। उनीहरुलाई एक साता होम क्वारेन्टाइनमा बस्न भनिएको र एक साता पछि परीक्षण गराउन स्वाब संकलन गर्ने तयारी भइरहेको स्रोतले बतायो।

    प्रमुख जिल्ला अधिकारी भट्टराईले एक सातापछि स्वाब संकलन गराउने जानकारी दिए। संक्रमितसँग सम्पर्कमा आएको सुरुवाती दिनमा पीसीआर परीक्षण गराउँदा फल्स नेगेटिभ आउने सम्भावना हुने हुँदा सम्पर्कमा आएको पाँच दिन पछि स्वाब परीक्षणका लागि संकलन गराउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ।

     


    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय
  • ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा
  • नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह
  • के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    📱 CMF Phone 1 Price in Nepal

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    News

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    News

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    News

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    News

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑