वीरगन्ज । पत्रकारले सशस्त्र प्रहरीलाई मिलाएर भारतबाट रासायनिक मल तस्करी गरेर ल्याउने गरेको घटनाले पकाहामैनपुरको धोरे नाकामा तनाव स्थिति उत्पन्न भएको छ ।
आफुलाई पत्रकार बताउने स्थानिय चन्द्रिका पटेलले सिमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई मिलाएर भारतबाट रासायनिक मल लिएर आए पछी स्थानियहरु विरोधमा उत्रिएका थिए ।
स्थानियले पत्रकार भन्ने ब्यक्तिलाई भारतबाट रासायनिक मल ल्याउने दिने किसानलाई भने एक बोरा पनि मल ल्याउन नदिने भनि सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट घेराउगरी हुहल्ला गरेपछि तनावको स्थिति उत्पन्न भएको थियो ।
पकाहा मैनपुर बेस क्याम्पका सशस्त्र प्रहरी निरीक्षक विष्णु उप्रेतीले किसानहरुलाई सम्झाई बुझाई आफुलाई पत्रकार भन्ने चन्द्रिका पटेललाई नियन्त्रणम लिएर छानविन गर्ने आश्वासन दिए पछि स्थिति साम्य भएको थियो ।
पक्राउ गरीएको रसायनीक मल र साईकल आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको पकाहा मैनपुर बेस क्याम्पका सशस्त्र प्रहरी निरीक्षक विष्णु उप्रेतीले जानकारी दिनु भएको हाम्रा सम्वादाताले जानकारी दिएका छन् ।