• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    रुसले बनाएको कोरोनाविरुद्धको खोप कति विश्‍वसनीय ?

  • वीरगंज संजाल
  • ३२ श्रावण २०७७, आईतवार १२:०२
  • ३७२९

    “रुस पहिलो देश हो, जसले कोभिड-१९ विरुद्धको ‘रोग प्रतिरोधी’ एउटा खोप दर्ता गरेको छ,” रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलबार अर्थात अगस्त ११ मा भने । राष्ट्रपति पुटिनले उक्त खोप सुरक्षाका दृष्टिकोणले प्रभावकारी भएको र त्यसले प्रतिरोधी क्षमतालाई बलियो बनाएको दाबी गरे ।

    दुई छोरीका बाबु पुटिनले आफ्नी एउटी छोरीलाई पनि उक्त खोप दिइएको बताए । तर, कुन छोरीलाई दिइयो भन्‍ने केही खुलाइएको छैन । ठूलो स्तरमा मानिसमा परीक्षण गर्न बाँकी भए पनि सरकारले उक्त खोपको प्रयोगलाई औपचारिक मान्यता दिएको हो ।

    जामालेय सेन्टर र रुसी रक्षा मन्त्रालयको सहकार्यमा विकास गरिएको यो खोप परीक्षणको करिब दुई महिनासम्म मानिसमा परीक्षण गर्दा सकारात्मक परिणाम आएको रुसले जनाएको छ । रुसी स्वास्थ्य मन्त्रालयमा दर्ता गरिएको खोप आपतकालीन प्रयोगका लागि मात्रै स्वीकृति दिइएको दी कन्भरसेसनले जनाएको छ ।

    दी कन्भरसेसनले लेखेको छ, “तर, यो रुसी नागरिकहरुलाई बृहतमात्रामा खोप कार्यक्रम सुरु गर्ने भन्‍ने समाचारहरु पनि आइरहेका छन् । कुनै पनि खोप बृहतरुपमा प्रयोगमा आउनुअघि नै यसको प्रभावकारिता र सुरक्षाका दृष्टिले कति महत्वपूर्ण छ भन्‍ने यकिन गर्नुपर्ने हुन्छ ।”

    विश्व स्वास्थ्य संगठनले कोरोनाविरुद्धको रुसी खोप परीक्षणको तेस्रो चरण चलिरहेको सयमा रुसले कोरोनाविरुद्धको खोप विकासमा जारी गरिएका सुरक्षाका मापदण्डहरु पालना गर्न आग्रह गरेको थियो । रुसले खोप विकास गरेर सुरक्षित भएको भन्दै दर्ता गरिसकेपछि भने यस विषयमा विश्व स्वास्थ्य संगठन बोलेको छैन ।

    रुसले कोरोनाविरुद्धको खोप परीक्षणको तेस्रो चरणको अन्तिमतिर केही पश्‍चिमा मुलुहरुले आफ्‍नो कोरोनाविरुद्धो खोपको अनुसन्धानमा जासुसी गरेको आरोप लगाएका थिए । उक्त आरोप रुसले खारेज गरेको थियो । हाल तीनै पश्‍चिमा मुलुकहरुले रुसले विकास गरेको उक्त खोपप्रति आशंका व्यक्त गरेका छन् । उनीहरूले रुसी अनुसन्धानकर्ताहरूले खोप परीक्षणको विधि पूरा नगरेको आशंका व्यक्त गरेका छन् ।

    अमेरिकी र युरोपियन भन्छन् – सावधान रहनू

    रुसले उक्त खोप परीक्षणको नतिजा सार्वजनिक गरेको छैन, केवल एकहोरो दाबी प्रस्तुत गरिरहेको छ । रुसले  विकास गरेको खोपप्रति विशेषगरी युरोप र अमेरिकाले आशंका गरेको छ । अमेरिका, जर्मनी, फ्रान्स, स्पेनलगायतका मुलुकका वैज्ञानिकहरुले पनि रुसले बनाएको खोपप्रति सावधानी अपनाउन आग्रह गरेका छन् ।

    ती मुलुकहरुका स्वास्थ्य विज्ञसहित सञ्‍चारमाध्यमहरुले पनि उक्त खोपप्रति आशंका गरेका छन् । जर्मनीका स्वास्थ्य मन्त्री जेन्‍स साफन्सले स्थानीय सञ्‍चारमाध्यमसँगको अन्तर्वार्ताका क्रममा उक्त खोपको राम्ररी परीक्षण नभएकोप्रति ध्यानाकर्षण भएको बताएका छन् ।

    उनले भने, “यति चाँडै लाखौं मानिसहरुलाई खोप दिनु खतरापूर्ण हुन्छ । किनभने यो खोपको राम्रोसँग परीक्षण भएको छैन । यसले अधिकांश मानिसको ज्यान लिन सक्छ । हामीलाई जानकारीमा आएसम्म यो खोपको परीक्षणमा धेरै कुराहरु छुटेका छन् । यो पर्याप्त परीक्षण गरिएको छैन । महत्वपूर्ण कुरा पहिलो हुनेभन्दा पनि सुरक्षति हुने हो ।”

    त्यसैगरी फ्रेन्च नेशनल सेन्टरका वैज्ञानिक अनुसन्धानकर्ता इसाबेला इम्बेर्टले यति चाँडै खोप विकास गरेर प्रयोगमा ल्याउनु निकै खतरापूर्ण हुने बताएकी छन् । उनले भनिन्, “रुसले प्रयोग गरेको क्लिनिकल परीक्षण विधिको नतिजाबारेमा हामी जानकार छैनौं ।”

    त्यसैगरी अमेरिकाका भाइरस विज्ञ डा. एन्थोनी फाउचीले रुसी खोपको दाबी शंकास्पद भएको बताएका छन् । उनले भने, “मलाई आशा छ कि रुसले वास्तवमै यो खोपको सुरक्षा र प्रभावकारिता प्रमाणित गरेको हुन्छ । तर, मेरो रुसको दाबीप्रति गम्भीर आशंका छ ।”

    रुस भन्छ –  विदेशी साथीहरुका प्रतिक्रिया आधारहीन 

    अमेरिका र युरोपियन मुलुकहरुले कोरोनाविरुद्धको रुसी खोपप्रति आशंका व्यक्त भइरहेका बेला रुसले भने उक्त आशंका आधारहीन भएको बताएको छ ।  रुसी स्वास्थ्यमन्त्री मिखाइल मुरासकोले भने, “यस्तो देखिन्छ कि हाम्रा विदेशी साथीहरूले रूसी खोपसँग प्रतिस्पर्धा गर्न नसकेकोप्रति व्यक्त भएका कुण्ठायुक्त धारणाहरु हुन् । उक्त धारणाहरु आधारहीन छन् ।”

    उनले रुसी खोपको सुरक्षाप्रति अभिव्यक्त धारणाहरु आधारहीन भएकोले उक्त धारणाहरुमा विश्वास नगर्न आग्रहसमेत गरेका छन् । रुसले दुई साताभित्रै कोभिड-१९ विरुद्धको खोपको प्रयोगको पहिलो चरण सुरु हुने रुसी विज्ञहरुले बताएका छन् ।

    रुसले राखेको प्रस्ताव अमेरिकाद्वारा अस्वीकार 

    रुसले कोरोनाविरुद्धको लडाइँमा अमेरिकालाई राखेको सहयोगको प्रस्ताव अमेरिकाद्वारा अस्वीकार गरिएको सीएनएनले जनाएको छ । सीएनएनले लेखेको छ, “मस्कोस्थिति रुसी अधिकारी सीएनएनलाई बताए कि रुसले कोभिड-१९ को प्रभावकारी खोप र उपचारका लागि अमेरिकाको ‘अपरेसन र्‍याप स्पिड’ (ओडब्लूएस) सँग ‘सहकार्य’ को प्रस्ताव गरेको छ ।”

    तर, तत्काल रुसी स्वास्थ्य सहायतका लागि ‘अमेरिका खुला भइनसकेको’ बताइएको छ । “अमेरिकातर्फबाट रुसमाथि अविश्वास रहेको देखिन्छ । यही अविश्वासका कारण रुसले खोप विकासमा प्रयोग गरेका प्रविधि, परीक्षण र उपचार विधिलाई आत्मसाथ गरिएको छैन, ” एक रुसी अधिकारीले सीएनएनलाई भने ।

    अमेरिकी जनस्वास्थ्य अधिकारीले भने, “मानिसको त कुरा छोड्‍नुस्, अमेरिकाले यो खोप आफ्ना मुलुकको बाँदरमासमेत प्रयोग गर्दैन ।”

    ह्वाइट हाउसकी प्रेस सेक्रेटरी केलेग म्याकइन्यानीले राष्ट्रपति डोनाल्ड ट्रम्ले नियमित प्रेस ब्रिफिङका क्रममा रुसी खोपको बारेमा जानकारी गराएको बताएकी छन् । उनले अमेकी खोप तेस्रो तरणमा छ र उच्च गुणस्तरको रहेकोसमेत बताएकी छन् ।”

    विभिन्‍न मुलकद्वारा रुसी खोपको माग 

    रुसले भने विभिन्‍न देशबाट उक्त खोपको एक अर्ब मात्रा माग आइसकेको दाबी गरेको छ । अहिले विश्वमा विभिन्‍न देशमा समानान्तर रूपमा दर्जनौं खोपको निर्माण र केहीको मानवमा परीक्षण गर्ने काम भइरहेको छ । यसबीच रुसले उक्त खोप विकास गरेर प्रयोगमा ल्याउने बताएसँगै फिलिपिन्स, ब्राजिललगायतका विभिन्‍न मुलुकहरुले उक्त खोपको माग गरेका छन् ।

    रुसी खोपको सुरक्षाका विषयमा विभिन्‍न टिकाटिप्पणी भइरहेका बेला फिलिपिन्सका राष्ट्रपति रोड्रिगो ड्युटरेटले  स्वागत गर्दै आफूमा प्रयोग गर्न प्रस्ताव गरेका छन । फिलिपिन्सका स्वास्थ्य सहायकमन्त्री रोसारिओ भेरगाइरले फिलिपिन्सका अनुसन्धा अधिकारीहरुले जामालेय सेन्टरका प्रतिनिधिसँग भेट गर्ने र खोपको पूर्ण मात्राको विषयमा छलफल गर्ने बताएका छन् ।

    त्यसैगरी कोरोना संक्रमणबाट निकै प्रभावित भएको ब्राजिलले भने उक्त खोप उत्पादनसम्बन्धी सम्झौता गर्न लागेको बताइएको छ । ब्राजिलको पारना राज्यले रुससँग मिलेर उक्त कोभिड-१९ विरुद्धको खोप उत्पादन गर्न तयार रहेकव र चाँडै सम्झौता हुने बताएको छ ।

    ‘स्वतन्त्र विश्लेषणका लागि पर्याप्त जानकारी छैन’

    बीबीसी स्वास्थ्य संवाददाता फर्गल्स वल्सले कोरोनाविरुद्धको यस खोपको स्वतन्त्र विश्लेषणका लागि पर्याप्त जानकारी अभाव भएको बताएका छन् ।  विभिन्‍न मुलुहरुले विकास गरिरहेका खोपको विवरण र परीक्षणको नतिजा सार्वजनिक गरेजस्तो जामालेया इन्स्टिट्यूले आफ्नो अध्ययनको कुनै सुरक्षा र प्रतिरोध क्षमतासम्बन्धी तथ्यांक सार्वजनिक गरेको छैन ।

    त्यसले गर्दा स्वतन्त्र वैज्ञानिकहरूलाई यसको विश्लेषण गर्न असम्भव हुन्छ । “राष्ट्रपति पुटिनमा रुसी विज्ञानको क्षमतासम्बन्धी विश्वलाई स्पष्ट सन्देश दिने व्यग्रता छ,” उनले भने, “तर पहिलो हुनु मात्रै पर्याप्त छैन ।” अहिले बन्ने क्रममा रहेका कुनै कोभिड-१९ का खोपले कोरोना भाइरसविरुद्ध सुरक्षा प्रदान गर्न र विश्‍वास दिलाउन नसकेको उनले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका
  • पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै
  • बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड
  • अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    इरानमाथि आक्रमण गर्न अमेरिकी सेनालाई राष्ट्रपति ट्रम्पको स्वीकृति

    लागूऔषधसहित पोखराबाट चार जना पक्राउ

    राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्‍यो संसद वहिष्कार

    सांसद थापाले च्याते संसदभित्रै बजेट पुस्तिका

    सुरक्षित तथा पर्याप्त खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    News

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    News

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    News

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    News

    इरानको सरकारी टिभी ह्याक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑