• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सा र बारामा थप ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि

  • वीरगंज संजाल
  • ३२ श्रावण २०७७, आईतवार ०७:५८
  • ३६६५

    वीरगञ्ज। वीरगञ्जको समुदायस्तरमा फैलिएको कोरोना सङ्क्रमणबाट पर्सा जिल्लाको ग्रामिण क्षेत्रमापनि फैलीसकेको छ । वीरगञ्जमा भयावह अवस्था सृजना गरेको कोरोनाभाइरस सङ्क्रमण अब पर्साको ग्रामिण भेजमा समेत सरेको तथ्यांकले देखाएको छ ।शनिबार फेरी पर्सा र बारामा थप ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    नारायणी अस्पतालले शनिबार राती ११ बजे सार्वजनिक गरेको विवरण अनुसार पर्सामा ४५ र बारामा २ जनागरी थप ४७ व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको हो । सङ्क्रमितहरु कन्ट्याक्ट ट्रेसिङमा परेका र स्वेच्छाले आफ्नो परिक्षण गराएकामध्ये रहेका छन् ।थपिएका सङ्क्रमित मध्ये अधिकांस पर्साका ग्रामिण भेगका रहेका छन् । पर्साको ग्रामिण क्षेत्रको प्रवेशद्वारा मानिएको पोखरिया नगरपालिकामा १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    त्यस्तै पर्सागढी नगरपालिकामा २ जना, बहुदरमाई नगरपालिकामा एक जना र बिन्दबासिनी गाउँपालिकामा एक जनामासमेत सङ्क्रमण देखिएको छ । वीरगञ्ज महानगरपालिकामा पर्ने ग्रामिण भागहरु परवानीपूर, पनटोखा, सोलाखपूर र इनर्वा जस्ता क्षेत्रमा पनि सङ्क्रमण देखिएको छ ।नारायणी अस्पताल, नारायणी वयोधा अस्पताल र प्राइम फार्मासुटिकल कम्पनिका कर्मचारीमासमेत सङ्क्रमण देखिएको छ ।नारायणी अस्पतालको स्त्री तथा प्रस्तु रोग वार्डका २ महिला कर्मचारी, सामाजिक सुरक्षा शाखा १ पुरुष र एक महिलागरी २ जना कर्मचारी, एक जना सुरक्षा गार्ड, पेडीयाट्रिक विभागकी एक जना महिला कर्मचारी, ओपीडीका काउन्टर स्टाफ एक जनागरी ७ जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

    यस्तै नारायणी वयोधा अस्पतालका एक जना हाउस कपीङ स्टाफ, एक जना प्रशासन शाखाका र एक जना स्टोरकागरी ३ जना कर्मचारीमा सङ्क्रमण देखिएको छ ।वीरगञ्जस्थित प्राइम फार्मासुटिकल कम्पनिका पाँच जना कर्मचारीपनि सङ्क्रमित भएका छन् । पाँचै जनामा कोरोनाको लक्षण समेत देखिएको अस्पतालका चिकित्सकले जानाकरी दिएका छन् ।नारायणी अस्पतालमै डायलिसिस गराई रहेका ४२ वर्षीय पुरुषमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी अस्पतालकै आइसियुमा भर्ना एक जना २२ वर्षीय युवकमा पनि सङ्क्रमण पुष्टि भएको हो । उनलाई श्वासप्रश्वासमा समस्या आइरहेको चिकित्सकले बताए ।

    यसैगरी भवानी अस्पतालमा भर्ना भएका एक जना ५२ वर्षीय पुरुषपनि सङ्क्रमित भएका छन् ।पर्साको पोखरिया नगरपालिकामा एक जना चिक्तिसकको कन्ट्याक्ट ट्रेसिङ गर्दा १२ जनामा सङ्क्रमण भेटेको छ । पोखरिया अस्पतालमा कार्यरत एक जना चिकित्सकको कन्ट्याक्ट ट्रेसिङ गर्दा १२ जनामा सङ्क्रमण देखिएको हो ।सङ्क्रमितहरु पोखरिया नगरपालिकाको वडा नं. १ का ४६ र ४८ वर्षीय दुई जना पुरुष, वडा नं. ४ की एक जना ३० वर्षीय महिला, ८ वर्षीय बालक, २७, २८ र ५५ वर्षका तिन जना पुरुषगरी ६ जना, वडा नं. ७ की एक जना २८ वर्षीय महिला र एक जना ३७ वर्षीय पुरुषगरी २ जना र वडा नं. ९ का १८ र ४० वर्षका २ जना पुरुषगरी जम्मा १२ जना रहेका छन् ।

    पर्सा जिल्लाको सदरमुकाम वीरगञ्ज महानगरपालिकामा फेरी २७ जनामा सङ्क्रमण देखिएको छ ।  वडा नं. २ छापकियाँका एक जना ४० वर्षीय पुरुष, वडा नं. ४ विर्ताका एक जना २४ वर्षीय युवक, वडा नं. ५ लाठगल्लिका एक जना ४८ वर्षीय पुरुष, वडा न. ८ पानीटंकीका ३२ वर्षीय पुरुष, वडा नं. १० घडिअर्वाका एक जना ४२ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ । यस्तै महानगरको वडा नं. ११ को श्रीपुर र रानीघाटमा दुई जना २५ र ७० वर्षीय महिला, एक जना १२ वर्षीय बालक र दुई जना ३२ र ५१ वर्षीय पुरुषगरी ५ जनामा सङ्क्रमण देखिएको छ ।त्यसैगरी वीरगञ्जको वडा न. १२ मुर्लीका एक जना ५२ वर्षीय पुरुष र पानीटंकीका एक जना ११ वर्षीय बालक र २० वर्षीय युवतीगरी ३ जना, वडा नं. १६ इनर्वाका २५ वर्षीय पुरुष र वडा नं. ३२ सोलखपूरका एक जना १९ वर्षीय युवकमा समेत कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।

    परवानीपुरका एक जना २० वर्षीय पुरुष, पनटोखाका एक जना २६ वर्षीय पुरुष र वडा नखुलेका २ जना २२ र ३२ वर्षीय पुरुषमापनि सङ्क्रमण पुष्टि भएको छ ।यस्तै पर्सागढी नगरपालिका वडा नं. २ बगबनाका एक जना २५ वर्षीय पुरुष र वडा नं. ५ पञ्चरुखीका एक जना ३१ वर्षीय पुरुषगरी २ जनामा पनि सङ्क्रमण पुष्टि भएको छ ।त्यसैगरी बहुदरमाई नगरपालिका वडा नं. ९ भौराटारका एक जना २३ वर्षीय पुरुष र बिन्दबासिनी गाउँपालिका वडा नं १ का एक जना २९ वर्षीय पुरुषमा पनि सङ्क्रमण पुष्टि भएको छ ।

    पर्साकै देवरवाना ३ का एक जना २९ वर्षीय पुरुष, बिरुवागुठिका एक जना ३५ वर्षीय पुरुषपनि सङ्क्रमित भएका छन् ।त्यस्तै बाराको कलैया उपमहानगरपालिका वडा नं. १ का एक जना ६० वर्षीय पुरुष र महागढीमाई नगरपालिका वडा न. ५ कवहीका एक जना ४० वर्षीय पुरुषगरी २ जना सङ्क्रमित भएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका हेल्थ इन्चार्ज जयमोद ठाकुरले जानकारी दिए । १० महिला रहेका सङ्क्रमितहरुको उमेर समुह ८ वर्षदेखि ७० वर्षसम्म रहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑