वीरगंज | ब्रिटिश गोर्खाले दोस्रो विश्व युद्ध अन्त्य भएको आजको दिनलाई स्मरण गर्दै उक्त युद्धमा सहभागी भिक्टोरिया क्रस पाएका भनभग्त गुरुङ्ग भी.सी. को सम्झाना गरेको छ ।
उक्त युद्ध लडेका गुरुङलाई बर्मामा ५ मार्च १९४५ को दिन बेलायतको वीरताको लागि दिइने सबैभन्दा उच्च स्तरको भिक्टोरिया क्रस सम्मान दिइएको थियो ।
१८ वर्षको उमेरमा गोर्खा राइफल्समा भर्ति भएका थिए । उनको तेस्रो पुस्ता पनि ब्रिटिश गोर्खामै छन् । उनका तीनजना छोरा र नाति ब्रिटिश गोर्खामै छन् |
आफ्ना हजुरबुवालाई सम्झिँदै बेलायतको ब्रेकनस्थित् इन्फेन्ट्री ब्याटल स्कूलमा कार्यरत कप्तान बुद्धि गुरुङ्गले भने, “मेरो हजुरबुवाको वास्तविक भिक्टोरिया क्रस हातमा समाउनु मेरो लागि धेरै अर्थपूर्ण छ । उनको बहादुरी र उनको स्मरण हुने यही कारण प्रति मलाई गर्भ छ ।” उनले दोस्रो विश्व युद्धका सबै अभियानहरूमा लडेका सबैलाई सम्झनुपर्ने बताए ।
“ताकी उनीहरूको सफलता र बलिदानलाई हामीले सम्मान गर्न सकौं ।”कप्तान गुरुङ्ग आफ्ना हजुरवुवा जस्तै गोर्खाली हुने सपना देखेको र सोही कारण ब्रिटिश गोर्खामा भर्ना भएको बताएको ब्रिटिश सेनाले जनाएको छ ।
भनभग्त गुरुङ्ग भी.सी. लाई राजा जर्ज छैटौंले बकिंङहम प्यालेस, बेलायतमा उक्त पदक प्रदान गरेका थिए । र उनले सो पदक पछि विनचेष्टरस्थित गोर्खा संग्रहालयलाई उपहार दिएका थिए । गोरखाको फल्पुमा जन्मिएका गुरुङले सन् १९४६ मा सेना सेवाबाट अवकाश लिएका थिए । उनको सन् २००८ मा ८६ वर्षको उमेरमा निधन भएको थियो ।