झापा। झापाको दमकमा आज रातिदेखि एक हप्तासम्मका लागि लकडाउन हुने भएको छ | कोरोना रोकथाम नियन्त्रण तथा समन्वय समितिको आज नगरपालिकामा बसेको बैठकले आज रातिदेखि भदौ ६ गते राति १२ बजसम्म पूर्ण लकडाउन गर्ने निर्णय गरेको हो ।
लकडाउनको समया अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन नपाइने भएको छ ।समुदायस्तरमा कोरोना भाइरसको संक्रमण बढेको भन्दै लकडाउन गरिएको जनाइएको छ।
लकडाउन अवधिमा एम्बुलेन्स, प्रेस,दुधका गाडी बाहेक सबै यातायातका साधनहरु बन्द रहने छन् ।दुधका पसलहरु दैनिक बिहान ६ बजे देखी ८ बजे सम्म मात्रै खोल्न पाईने, बैंक, बित्तिय संस्था, फुटपाथका पसल, किराना पसल लगायतका सबै प्रकारका पसल व्यवसाय बन्द रहने बताइएको छ।