वीरगंज। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म ७ लाख ६६ हजार ८५ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड १४ लाख ८९ हजार ६ सय ४ जनामा कोरोना संक्रमण फैलिएको छ ।
हालसम्म विश्वभरबाट १ करोड ४२ लाख ४३ हजार ४ सय ४३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६४ हजार ४ सय ४३ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ७१ हजार ९ सय ९९ जनाको ज्यान गइसकेको छ ।
बितेको २४ घण्टामा २१ हजार ३ सय ४७ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ५४ लाख ९७ हजार ६ सय १३ पुगेको छ । हालसम्म २८ लाख ७८ हजार ५ सय ५१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १७ हजार २ सय १८ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ४ सय ६४ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
त्यस्तै ब्राजिलमा बितेको २४ घण्टामा ३ हजार २ सय ६ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३२ लाख ८२ हजार १ सय १ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण १ लाख ६ हजार ६ सय ८ जनाको ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार २३ लाख ८४ हजार ३ सय २ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ५० हजार ८० पुगेको छ । बितेको २४ घण्टामा ६२ हजार २ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २५ लाख ८७ हजार ४ सय ६१ पुगेको छ । हालसम्म १८ लाख ५८ हजार ४ सय ४७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ९ सय ४६ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १५ हजार ६ सय १७ पुगेको छ । बितेको २४ घण्टामा ५ हजार ६१ जनामा कोरोना पुष्टि भएको र १ सय १९ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म ९ लाख १७ हजार ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने संक्रमितमध्ये ७ लाख २९ हजार ४ सय ११ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै दक्षिण अफ्रिकामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ११ हजार ५ सय ५६ पुगेको छ । हालसम्म ५ लाख ७९ हजार १ सय ४० जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै संक्रमितमध्ये ५ सय ३९ जनाको अवस्था गम्भीर रहेको र ४ लाख ६१ हजार ७ सय ३४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
पेरुमा हालसम्म पेरुमा २५ हजार ८ सय ५६ जनाको कोरोनाको कारण ज्यान गएको छ । त्यस्तै ५ लाख १६ हजार २ सय ९६ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म ३ लाख ५४ हजार २ सय ३२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १ हजार ५ सय ५३ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
मेक्सिकोमा बितेको २४ घण्टामा ५ हजार ६ सय १८ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ५ लाख ११ हजार ३ सय ६९ पुगेको छ । हालसम्म कोरोनाको कारण ५५ हजार ९ सय ८ जनाको ज्यान गएको र पछिल्लो २४ घण्टामा मात्र ६ सय १५ मृतक थपिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । हालसम्म मेक्सिकोमा ३ लाख ४५ हजार ६ सय ५३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ३ हजार ६ सय ४६ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै चिलिमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १० हजार ३ सय ९५ पुगेको छ । चिलिमा कुल संक्रमितको संख्या ३ लाख ८३ हजार ९ सय २ पुगेको छ । त्यस्तै संक्रमितमध्ये ३ लाख ५६ हजार ९ सय ५१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने संक्रमितमध्ये १ हजार २ सय ७ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै स्पेनमा यो समाचार तयार पार्दासम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २८ हजार ६ सय १७ पुगेको छ । हालसम्म ३ लाख ५८ हजार ८ सय ४३ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये ६ सय १७ जनाको अवस्था गम्भीर रहेको छ । वल्डोमिटरको तथ्यांक अनुसार स्पेनमा बितेको २४ कोरोना संक्रमणको कुनैपनि असर देखिएको छैन् ।