• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    परिक्षण बाँकी हुदै रुसले किन गर्यो भ्याक्सिन तयार भएको घोषणा ?

  • वीरगंज संजाल
  • ३२ श्रावण २०७७, आईतवार ०६:००
  • ३४५७

    । कोरोना खोपको प्रभावकारिता र सुरक्षाको विषयमा थुप्रै विशेषज्ञद्वारा आशंका व्यक्त भएपनि रुस विश्वको पहिलो कोरोना कोप बजारमा ल्याउनको लागि तयार रहेको छ ।रुसले बनाएको खोपमाथि आशंका व्यक्त गर्ने विशेषज्ञहरुको अनुसार उक्त खोप परिक्षण अवधि दुई महिना भन्दा पनि कम समय रहेको छ ।त्यसैले यसलाई मानवशरीरको लागि सुरक्षित घोषिणा गर्न हतार गर्न नहुने बताएका छन् ।

    रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलवार रुसले कोरोना भाइरसविरुद्धको पहिलो खोप बनाएको र सबै आवश्यक परिक्षण गरिएको साथै उक्त खोपले कोरोना भाइरसविरुद्ध प्रतिरोधात्मक रहेको बताएका थिए ।रुसले उक्त खोपको नाम सोभियत संघद्वारा प्रक्षेपण गरिएको विश्वको पहिलो उपग्रहको सम्झनामा ‘स्पुटनिक वी’ राखेको छ ।

    तर उक्त खोपको तेश्रो चरणको परिक्षण पुरा नभएको कुरा सार्वजनिक भएको छ ।तेश्रो चरणको परिक्षणमा हजारौंको संख्यामा सहभागीको आवश्यकता पर्दछ भने ठुलो मात्रामा परिक्षण गर्नुपर्ने हुन्छ ।विश्व स्वास्थ्य संगठनको अनुसार विश्वमा दुई सय भन्दा धेरै प्रतिनिधि रहेका छन् जसले कोरोनाको खोप बनाएको दावा गर्दै आएका छन् र ती मध्य करिब २४ वटा खोप मानिसमा परिक्षण पनि गरिसकेको छ ।

    कति परिक्षण आवश्यकता हुन्छ ?

    नयाँ खोप स्वीकृति हुनको लागि सामान्य रुपमा तीन वटा चरणको परिक्षण पुरागर्नुपर्ने हुन्छ । पहलो चरणमा निकै कम मानिसमा खोपको परिक्षण हुन्छ र उनीहरुलाई खोपको सिमित मात्रा दिनुपर्ने हुन्छ ।दोश्रो चरणमा मानिसको संख्यामा वृद्धि हुन्छ र खोपको प्रतिरोधात्मक क्षमता कस्तो रहेको साथै त्यसको अन्य प्रभावको बारमा अध्ययन गरिन्छ ।

    तेश्रो चरण सबैभन्दा ठुलो हुन्छ, खोप संक्रमित मानिसमा कति प्रभावकारी रहेको कुरा जाँच गरिन्छ ।यस चरणलाई औपचारिकताको रुपमा मात्र पुरा गर्न मिल्दैन । यो सबैभन्दा महत्वपुर्ण चरण हो ।यदि दोश्रो चरणमा प्रतिरोधात्मक शक्तिमा खोपको प्रतिक्रिया देखियो भने तेश्रो चरण महत्वपुर्ण मानिन्छ।

    रसियाली अनुसन्धानकर्ताले  पहिलो र दोश्रो चरणको परिक्षण अगष्टको शुरुवातमा नै पुरा गरेका थिए ।

    त्यसपछि रुसलेले खोप तयार भएको दावा गर्यो र यसको प्रतिक्रिया बढाएको साथै मानिसमा कुनै नकारात्मक प्रतिक्रिया नभएको बतायो ।

    रसियाले तेश्रो चरणको परिक्षण, ब्राजिल, मेक्सिको, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्समा गर्ने बताएको छ ।

    यसको मतलब रुसले भाइरसको तीन चरणको परिक्षण अझै पुरा गरको छैन ।

    वैज्ञानिकहरुको अनुसार पहिलो र दोश्रो प्रतिवेदन सर्वजनिक गरिएको छैन त्यसैले यस खोप ठिक नभएको र मानिसको लागि सुरक्षित नभएको बताइएको छ ।

    त्यस्तै तेश्रो चरणको परिक्षण गरिएको छैन र यस खोपले काम गर्ने वा नगर्ने भन्ने विषयमा अन्योल छाएको छ ।

    विश्वको प्रतिक्रिया 

    एक तर्फ विश्वका कतिपय राष्ट्र रुसले हतार गरेको बताइरहेका छन् ।

    उनीहरु केवल दौड जित्न खोज्दै छन् र मानिसको सुरक्षालाई मतलब नगरी खोप ल्याउन तयार रहेको र परिक्षण पुरा नगरी कसरी खोपलाई स्वीकृति दिने भन्ने विषयमा विवाद उत्पान भएको छ ।

    अर्को तर्फ  भने केहि राष्ट्र रुसले खोप तयार गरेको विषयमा निकै उत्साहित भएका छन् । विश्व स्वास्थ्य संगठनले भने रुसले खोपलाई परिक्षणको समिक्षा गर्नुपर्ने सुझाव दिएको छ ।

    विश्वका अन्य देशका वैज्ञानिकसहित रुसका ठुला वैज्ञानिकले पनि खोप विकसित भएको अवधि र पारदर्शितामा प्रश्न उठाएका छन् ।

    यदि परिक्षण बिना कुनै खोप बजारमा वितरण गर्यो भने मानव जातिमा यसको परिणाम गम्भिर हुनसक्ने उनीहरुले बताएका छन् ।

    यसैबीच फिलिपिन्सले अक्टोबरमा खोप लगाउन शुरु गर्ने योजना बनाएको छ ।

    ब्राजिलियन प्रविधि संस्थाले सन् २०२१ को दोश्रो अर्धवार्षिकमा उक्त विवादास्पद खोपको उत्पादन शुरू गर्ने बताएको छ र मस्कोमा यस विषयमा सम्झौता पनि भएको छ ।

    वरिष्ठ डाक्टरद्वारा इथिक्स काउन्सिलबाट राजीनामा

    रुसले बनाएको भनिएको कोरोनाविरुद्धको भ्याक्सिन विवादमा आएको छ । ‘स्पूतनिक वी’ नामको सो भ्याक्सिन बनाएको घोषणापछि रुसका वरिष्ठ श्वासप्रश्वास रोग विशेषज्ञ प्रोफेसर डाक्टर एलेक्जेन्डर चुचालिनले रुसको स्वास्थ्य मन्त्रालयको इथिक्स काउन्सिलबाट राजीनामा दिएका छन् ।

    उनले भ्याक्सिनको दर्ता प्रक्रिया रोक्न असफल भएकोमा उनले राजीनामा दिएको बताइएको छ ।

    रुसले बनाएको भ्याक्सिनको बारेमा अमेरिका, जर्मनी, क्यानाडा लगायतका देशका वैज्ञानिकहरुले प्रश्न उठाइरहेका बेला रुसी वरिष्ठ डाक्टरको राजीनामाले यस भ्याक्सिनका बारेमा थप आशंका उत्पन्न भएको छ ।

    डा. चुचालिनले यो भ्याक्सिनको सुरक्षा र असरका बारेमा प्रश्न उठाएका छन् । साथै उनले भ्याक्सिन बनाउने संस्था गमालेया रिसर्च सेन्टर अफ इपिडेमियोलोजी तथा माइक्रोबाइलोजीका प्रोफेसर एलेक्जेन्डर गिन्ट्सबर्ग र रुसका टप भाइरोलोजिष्ट प्रोफेसर सेर्गे बोरिसेभिचमाथि समेत गम्भीर आरोप लगाएका छन् ।

    डा. चुचालिनले यी दुवैले एकेडेमिक्स र स्वास्थ्यका मानकलाई नाघेर विश्वको पहिलो भ्याक्सिन बनाएको घोषणा गर्ने पृष्ठभूमि तयार गरेको आरोप लगाएका छन् । डा. चुचालिनलाई रुसमा रिसर्च इन्स्टिच्युट अफ पल्मोनोलोजी स्थापना गरेको श्रेय जाने गर्दछ ।

    डा. चुचालिनले दुवै वैज्ञानिकहरुलाई प्रश्न गर्दै भनेका छन् – के तपाईहरुले स्वास्थ्यका सबै मानक पुरा गर्नु भएको छ जुन रुसको संबिधानमा छ ? के  यो भ्याक्सिन बनाउदा अन्तर्राष्ट्रिय वैज्ञानिकहरुले तयार गरेको आधारलाई पुरा गर्नु भएको छ ?’

    डा. चुचालिनले यो भ्याक्सिन बनाउदा यो कति हानिकारक हुन्छ भन्ने परिक्षण नै नगरिएको आरोप लगाएका छन् । उनले भ्याक्सिनका बारेमा गैरजिम्मेवार बयानबाट आफु आहत भएको समेत बताएका छन् ।

    डा. चुचालिनले साइन्स एण्ड लाइफ जनरलमा एक अन्तर्वार्ता दिदै भनेका छन् -‘औषधि र भ्याक्सिनको निर्माणको क्रममा हामी नियामक संस्था वा व्यक्तिले यो मानिसका लागि कति सुरक्षित  छ भन्ने सबै भन्दा पहिला हेरिन्छ ।’

    उनले अगाडी भनेका छन्, ‘सुरक्षा सबै भन्दा पहिला आउछ, नत्र कसरी मुल्यांकन गर्ने ? अहिले बनाइएको भ्याक्सिन भने मानिसमा परिक्षण नै गरिएको छैन । हामीले मानिसलाई कस्तो असर गर्छ भन्ने अनुमान नै गर्न सक्दैनौं ।’

    उनले सबै वैज्ञानिक तथ्यका आधारमा यो भ्याक्सिनलाई ठिक छ भनेर भन्न नसकिने स्पष्ट रुपमा बताएका छन् ।

    रुसका राष्ट्रपति भ्लादमिर पुटिनले बुधबार सार्बजनिक घोषणा गरेको भ्याक्सिन दुई सातामा बजारमा आउने दाबि गरिरहेका बेला रुसकै वरिष्ठ डाक्टरको यस्तो प्रतिक्रियाले रुसले निर्माण गरेको कोरोनाविरुद्धको भ्याक्सिनमा ठुलो आशंका उत्पन्न गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑