वीरगंज |नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०२ पुग्यो | पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ ।
नियमित प्रेस ब्रिफिङमा शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पर्सा, धनुषा र कपिलबस्तुमा एकरएक जनाको मृत्यु भएको जानकारी दिए ।
यसैगरी, पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका १२ का ६० वर्षका पुरुषको उनको साउन ३१ गते उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।
धनुषा जिल्ला जनकनन्दनी गाउँपालिकाका ५० वर्षका पुरुषको साउन २९ गते कोरोनाबाट मृत्यु भएको प्रवक्ता गौतमले बताए । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १०२ पुगेको छ