बुटवल । बुटवलमा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । बुुटवलस्थित लुुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत कपिलवस्तुुका एक पुुरुषको कोरोना शनिबार मृत्यु भएको हो ।
स्वासप्रश्वासमा समस्या देखिएपछि उनी उपचारको लागि बुुटवल आएका थिए । कपिलवस्तुुको मायादेवी गाउँपालिका वडा नम्बर ७ का ४२ वर्षिय ति पुुरुषको अस्पतालको आइसियुुमा उपचारको क्रममा मृत्युु भएको हो ।
कोभिड–१९ जाँच गर्दा उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको अस्पतालका डा. तथा कोभिड फोकल पसर्न सुुदर्शन थापाले जानकारी दिए । ति पुुरुषमा निमोनिया देखिएपछि अस्पतालले आइसियुमा राखेर उपचार गरिरहेको थियो ।
ती बिरामीको शुरुको रिपोर्ट नेगेटिभ आएपनि जिन एक्सपर्ट गरेर परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उनको पुनः गरिएको पीसीआर परीक्षणमा पनि रिपोर्ट पोजेटिभ आएको डा. थापाले बताए ।