आज:
  • होमपेज / Breaking News

    प्रदेश २ मा पर्सापछि धनुषा कोरोनाको ‘हटस्पट’ बन्दै

  • वीरगंज संजाल
  • ३१ श्रावण २०७७, शनिबार ०८:०५
  • ३३२५

    वीरगंज । प्रदेश २ मा कोरोना लागेर थप दुई जनाको मृत्यु भएको छ भने दुई दिन अगाडि मृत्यु भएको एक जनामा समेत कोरोना संक्रमण रहेको पुष्टि भएको छ ।

    शुक्रबार कोरोना लागेर मृत्यु हुनेहरुमा धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर ४ घर भएका ५० वर्षीय पुरुष र सिरहाको विष्णुपुर गाउँपालिका वडा नम्बर १ का ४० वर्षीय पुरुष छन् ।

    त्यस्तै, दुई दिन अगाडि मृत्यु भएको सर्लाही जिल्लाकी ६५ वर्षीया एक महिलामा समेत कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    शुक्रबार थपिएका नयाँ संक्रमित धनुषामा बढी

    प्रदेशमै पहिलो पटक संक्रमण पुष्टि भएको पर्सा जिल्ला सुरुदेखि नै संक्रमित संख्याको आधारमा अगाडि थियो । मुलुककै सबैभन्दा चल्तीमा रहेको वीरगंज-रक्सौल नाकाको कारण पर्सामा संक्रमण दर बढेको बताइएको  थियो । शुक्रबार भने प्रदेशको अस्थायी मुकाम रहेको जिल्ला धनुषामा सर्वाधिक संख्यामा नयाँ संक्रमित देखिएका छन् ।

    धनुषामा मात्रै ११ जना महिलासमेत ५४ जना नयाँ संक्रमित थपिएका छन् । यो समेत धनुषामा कुल संक्रमितको संख्या ९९० पुगेको छ । शुक्रबार पुष्टि भएका नयाँ संक्रमितहरुमा जनकपुरस्थित प्रादेशिक अस्पतालका चार जना महिलासमेत ११ जना र नगरको विभिन्न वडाका ९ जना छन् ।

    त्यस्तै, जानकी हेल्थ केयरका पाँच जना, जिल्ला स्वास्थ्य कार्यालय, धनुषाका छ जना, मुक्तिनाथ बैंक जनकपुर शाखाका तीन जना, मिथिला नगरपालिकाकाका छ जना, लक्ष्मीनियाँ गाउँपालिकाका तीन जनासहित विभिन्‍न पालिकामा घर भएकाहरुमा संक्रमण पुष्टि भएको हो ।

    सिरहामा एक जना, महोत्तरीमा २० जना, बारामा २० जना, पर्सामा ३२ जना, सर्लाहीमा २७ जना, रौतहटमा २४ जना र सप्तरीमा २१ जनागरी कुल शुक्रबार यस प्रदेशमा १९९ जना संक्रमितको पुष्टि भएको हो ।

    शुक्रबार जम्मा ४८ जना डिस्चार्ज भएको मन्त्रालयले विज्ञप्तीमार्फत जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑