वीरगंज | कुखुराको मासुमा पनि कोरोना भाइरस पाइएकाे छ।चिनियाँ सञ्चारमाध्यम सीएनएनका अनुसार ब्राजिलबाट चीनको सेन्जेन ल्याइएका कुखुराको पखेटामा कोरोना भाइरस भेटिएको अधिकारीले बताएका छन्।
आयातित खाद्यवस्तुको स्क्रिनिङका क्रममा बुधबार कुखुराको पखेटाको नमुना लिएर परीक्षण गर्दा कोरोना भाइरस पाइएको हो।हालसम्म कुनै पनि खाद्यवस्तुबाट कोरोना सरेको प्रमाण पाइएको छैन। विश्व स्वास्थ्य संगठनका अनुसार खाद्यवस्तुबाट कोरोना सर्ने सम्भावना निकै कम छ।