• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कर्मचारीले हात बाँधेर बस्दा ‘राष्ट्र र जनताको हित’ होला ?

  • वीरगंज संजाल
  • ३० श्रावण २०७७, शुक्रबार १०:०१
  • ४२२१

    वीरगंज | आम नागरिकले तिरेको कर–तिरो–शुल्कबाट तलब खाने करिब एक लाख सरकारी कर्मचारी गएको पाँच महिनादेखि प्रायः निस्कृय छन् । कोरोना भाइरसजस्तो महामारीको अवस्थामा उनीहरुको भूमिका के हुने भन्ने विषयमा निजामती सेवा नियमावली र आचारसंहितासम्बन्धी नियमावली कसैले पनि केही नबोलेका कारण अधिकांश कर्मचारीलेकामै नगरी तलब खाएका छन् । अधिकांश निजामती कर्मचारीहरु समयमा कार्यालय नपुग्ने, पुगिहालेपनि हात बाँधेर बस्ने, सेवाग्राही आए छिःछिः र दूर्दूर् गर्नेसुविधासम्पन्न वर्गमा रुपमा आलोचित भएका छन् ।
    सरकार चलाउन कर तिर्ने निजी क्षेत्रका कर्मचारीको भने तलब कटौती भएको छ । व्यवसायीहरु धराशयी भएका छन् र शिक्षा, पर्यटन आदि क्षेत्रका कर्मचारीहरुको त जागिर नै खोसिएको छ ।कोरोना भाइरसजस्तो महामारीका बेला कर्मचारीको भूमिका कस्तो हुने भन्ने विषयमा ऐनमा परिकल्पना नगरिए पनि निजामती सेवाका कर्मचारीहरुको आचारसंहितासम्बन्धी नियमावली, २०६५(३) को पहिलो उपदफामा पदीय मर्यादा कायम राख्नुपर्ने निर्देश गर्दै भनिएको छ, ‘आफ्नो पदीय जिम्मेवारीको पालना गर्दा सदैव राष्ट्र र जनताको बृहत्तर हितलाई ध्यानमा राखी प्रचलित कानुनको अधीनमा रही गर्नुपर्नेछ ।’

    ऐन, नियमावली र आचारसंहिताको अध्ययन गर्दा सरकारी कर्मचारीलाई राष्ट्र र जनताप्रति चौबीसै खण्टा समर्पित हुने सेवाप्रदायकका रुपमा लिइएको पाइन्छ । सात घण्टा कार्यालयमा रहँदा मात्र होइन, सधैं उसले राष्ट्र र नागरिकका रुपमा काम गर्नुपर्छ । सायद त्यसैले सेवाबाट अवकास पाएपछि पनि उसको सेवा–समर्पणको कदरस्वरुप पेन्सनको व्यवस्था गरिएको छ ।‘कोरोनाजस्तो महामारीका सन्दर्भमा निजामती कर्मचारीको भूमिकाका सम्बन्धमा ऐन कानुनले परिकल्पना नगरेको सही हो, तर निज सदा–सर्वदा देश र जनताप्रति समर्पित हुनुपर्ने सैद्धान्तिक मान्यतालाई यसले आत्मसात् गरेको छ’ राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख आयुक्त तथा नेपाल सरकारका सचिवसम्मको जिम्मेवारीमा रहेर निजामती सेवामा लामो विज्ञता हासिल गरेका कृष्णहरि बाँस्कोटा भन्नुहुन्छ, ‘निजी क्षेत्रका कर्मचारीको तलब काटिएको मैले सुनेको छु, तर रोजगारदाताले टाट उल्टिएको प्रमाणित नभएसम्म तलब काट्न न त कानुनले दिन्छ न त सरकारको आशय नै त्यस प्रकारको छ ।

    ’ बाँस्कोटाले निजी क्षेत्रले कर्मचारीलाई तलब दिन सकिनँ भनेर माग्न आएमा ऋण प्रदान गर्ने सरकारी घोषणा यसकै प्रमाण रहेको तर्क दिनुभयो ।‘काठमाडौंका अन्तिम मल्ल राजा जयप्रकाशले तलेजु भवानीको गजुर बेचेर कर्मचारीको तलब भुक्तानी गरेको इतिहास छ, पृथ्वीनारायण शाहसँग युद्ध गरेर र नाकाबन्दीमा पर्दा त राज्यले कर्मचारीको तलब रोक्दैन’ कर्मचारी प्रशासनका ज्ञाता बाँस्कोटाले सात–सात वर्षसम्म चल्न नसकेका संस्थानका कर्मचारीलाई पनि अदालतले तलब दिलाएका उदाहरणहरु दिंदै भन्नुभयो, कर्मचारीको तलब काट्ने कुरा आउँदैन तर अहिलेको अवस्थामा उनीहरुले आफू सुरक्षित रहेर राष्ट्र र जनताको पक्षमा अधिकभन्दा अधिक सेवा गर्ने वातावरण भने बन्नैपर्छ ।

    यसबीच कोरोना संक्रमणका बेला सेवाप्रदायक वा कर्मचारीको पक्षबाट स्रोत–सामग्री प्रकाशनमा आएका छन् । तर, सेवाग्राहीको पक्षबाट खासै बोलिएको छैन । रोजगारदातालाई सुझवा दिंदै युनिसेफ नेपाल लेख्छ, ‘तलबी बिदा, बिरामी बिदा, समयानुकूल परिवर्तन गर्न सकिने समयतालिकासँगै बाल हेरचाहका लागि गुणस्तरीय तथा सस्तो सेवाजस्ता परिवारमैत्री रोजगारको व्यवस्था गर्नुका साथै कामकाजी अभिभावकहरूलाई आफ्ना बालबालिकाको हेरचाह गर्न आवश्यक समय र सुविधा’ दिनुपर्छ । बालबालिकाको हितका दृष्टिले यो स्वागतयोग्य छ, तर सेवाग्राहीतिर ध्यान गएको छैन ।

    आफ्नो अनुकूल समयमा काम गर्ने सुविधाको प्रावधानलाई जोड दिंदै अनलाइन सेवाका लागि पनि रोजगारदाताले वातावरण तयार पार्न दिइएको सुझावलाई नेपाल सरकारले पनि आफ्नो सन्दर्भमा लागु गर्नसक्छ । तर, अहिले कर्मचारीमा सेवाग्राहीहरु कार्यालयमा नआऊन् भन्ने भावनाको विकास भएको छ, यसले राष्ट्रको स्थायी सरकारप्रति आम जनताको धारणामै प्रतिकूल प्रभाव पारेको छ ।यसबीच कर्मचारीहरुले एक साता वा १० दिनमा एक पटक मात्र कार्यालयमा आउने व्यवस्थाका लागि माग गरेको समाचार पनि बाहिर आएको छ । यस प्रकारको सुविधाभोगी मानसिकताले स्थायी सरकारप्रतिको जनताको सद्भाव धराशयी हुनेछ । कोभिड–१९ महाव्याधिका रुपमा फैलिरहेको छ, करिब एक सय नेपाली नेपालमै मृत्युको मुखमा पुगिसकेका छन्, अवस्था सामान्य होइन । तर, मुलुकको स्थायी सरकार नै डरायो वा बहानाबाजीमा लाग्यो भने राष्ट्र र जनता दुवै गम्भीर नोक्सानमा पर्नेछन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑