एजेन्सी । रुसले विश्वमा सबै भन्दा पहिला कोरोना बिरुद्धको भ्याक्सिन बनाएको दाबी गर्दै रजिष्टेशन गरेको छ । यति छिटो भ्याक्सिन बन्नुको मुख्य कारण वैज्ञानिकहरुको लामो समयदेखीको अनुसन्धान नै हो । पछिल्लो केही वर्षदेखी रुसी वैज्ञानिकले मर्स र सार्स रोगमाथी अनुसन्धान गर्दै आएका थिए । रुसले भ्याक्सिनको नाम ‘स्पुतनिक–वी’ राखेको छ ।
रुसको रक्षा मन्त्रालयका अनुसार भ्याक्सिनको ट्रायल परिणाम आइसकेको छ । यसमा युमिनिटी पावर विकास हुने तत्व छ । वैज्ञानिकहरुले यो पनि दावी गरेका छन् ‘परिक्षणमा कहिल्यै पनि नकारात्मक रिजल्ट आएन ।’ जसलाई उनीहरुले भ्याक्सिन दिएका थिए उनीहरुमा युमिनिटी पावरको काफी विकास भएको थियो ।
गएको मंगलवार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले घोषणा गरे ‘हामीले कोरोनाबाट बच्ने भ्याक्सिन बनायौं र हाम्रै मुलुकमा रजिष्ट्रेसन पनि गरायौं । मैले दुई छोरीहरु मध्ये एक छोरीलाई पहिलो भ्याक्सिन लगाउन लगाएँ । उनले रमाइलो महसुस् गरेकी छिन् ।’ भ्याक्सिनको रजिष्टेशन १२ अगस्तमा भएको थियो ।भ्याक्सिनको पहिलो डोज राष्ट्रपति पुटिनकी छोरीलाई दिइएको थियो । उनलाई दुई डोज दिइएको थियो । भ्यक्सिन लगाएपछि शरीरको तापमान परिवर्तन भएको थियो ।
रुसका स्वास्थ्यमन्त्री मिखाइल मुराश्काले विश्वका २० मुलुकले भ्याक्सिनको अर्डर गरिसकेका छन् । रुसी वेभसाइटले उल्लेख गरे अनुसार भारत, साउदी अरब, इण्डोनेशिया, फिलिपिन्स, ब्राजिल, मेक्सिकोलगायतका देशले भ्याक्सिन खरिद गर्ने इच्छा जनाएका छन्
यो भ्याक्सिन रुसको रक्षा मन्त्रालय र गामालिया नेशनल सेन्टर फर रिसर्च अन इपिडिमियोलोजी एण्ड माइक्रोबायोलोजीले मिलेर बनाएका थिए । रुसले एक महिना अघि नै भ्याक्सिन बनाउन लागेको संकेत दिएको थियो । भ्याक्सिनको बेलायत र अमेरिकाले अहिलेसम्म विश्वास गरिसकेका छैनन् ।
रुसका स्वास्थ्यमन्त्री मिखाइल मुराश्काले विश्वका २० मुलुकले भ्याक्सिनको अर्डर गरिसकेका छन् । रुसी वेभसाइटले उल्लेख गरे अनुसार भारत, साउदी अरब, इण्डोनेशिया, फिलिपिन्स, ब्राजिल, मेक्सिकोलगायतका देशले भ्याक्सिन खरिद गर्ने इच्छा जनाएका छन् ।
रुसी वेभसाइटका अनुसार सन २०२० को अन्तसम्ममा उसले २० करोड डोज भ्याक्सिन तयार पारिसक्ने छ । यो मध्ये तीन करोड डोज रुस आफैंले राख्नेछ । भ्याक्सिनको उत्पादन सेप्टेम्बरबाट सुरु हुनेछ । रुस तेस्रो चरणको ट्रायल अन्य केही मुलुकमा गर्ने योजनामा छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओले) ले भने रुसले बनाएको भ्याक्सिनको विषयमा केही आशंका व्यक्त गरेको छ ।