• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    यी हुन् सबैभन्दा धेरै कोरोना संक्रमित, मृत्यु हुने र डिस्चार्ज हुने जिल्ला

  • वीरगंज संजाल
  • २९ श्रावण २०७७, बिहीबार १५:५४
  • ३६८१

    वीरगंज | लकडाउन खुकुलो भएसँगै कोरोनाभाइरसको संक्रमणको ग्राफ समेत बढेको छ। पर्सा लगायतका जिल्लामा संक्रमण समुदायस्तरमा फैलिएको छ। काठमाठौं उपत्यकामा समेत संक्रमितको संख्या थपिँदै गएको छ। तर, अहिलेसम्मको तथ्यांक हेर्दा कोरोना संक्रमणबाट सबैभन्दा धेरै प्रदेश २ का जिल्ला प्रभावित बनेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबार बेलुकासम्मको तथ्यांकअनुसार सबैभन्दा धेरै संक्रमित भएका पाँच जिल्लाको सूचीमा प्रदेश २ का तीन जिल्ला छन्। 

    नेपालमा सबैभन्दा धेरै कोरोना संक्रमित भएको जिल्ला रौतहट हो। मन्त्रालयको तथ्यांकअनुसार रौतहटमा अहिलेसम्म एक हजार ६१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये ७९५ जना निको भएका छन्। रौतहटमा २ जनाको मृत्यु हुँदा ८२० जना सक्रिय संक्रमित रहेका छन्। सबैभन्दा धेरै संक्रमण पुष्टि भएको जिल्लाको दोस्रो नम्बरमा कैलाली छ। कैलालीमा हालसम्म एक हजार २८१ मा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये एक हजार १०३ जना निको भइसकेका छन् भने ४ जनाको मृत्यु भएको छ। कैलालीमा अहिले १७४ जना सक्रिय संक्रमित छन्।

    यो सूचीको तेस्रो नम्बरमा पर्सा छ। पर्सामा अहिलेसम्म एक हजार २२२ जना कोरोना संक्रमित भेटिएका छन्। जसमध्ये २४७ जना निको भएका छन् भने १९ जनाको मृत्यु भइसकेको छ। पर्सामा अहिले सक्रिय संक्रमितको संख्या ९५६ छ। चौथो नम्बरमा रहेको काठमाडौंमा एक हजार १६६ जना संक्रमित भेटिएका छन्। जसमध्ये ११८ जना निको भएका छन्। ८ जनाको मृत्यु भइसकेको छ, भने एक हजार ४० जना सक्रिय संक्रमित छन्। काठमाडौं देशभरका सबैभन्दा धेरै सक्रिय संक्रमित रहेको जिल्ला हो। 

    सूचीको पाँचौ नम्बरमा रहेको महोत्तरीमा ९९९ जना कोरोना संक्रमित भेटिएका छन्। जसमध्ये तीन सय ६४ जना निको भएका छन्। सक्रिय सक्रमितको संख्या ६३५ छ। नेपालका सात प्रदेश  मध्ये सबै भन्दा बढी कोरोना संक्रमित प्रदेश २ मा रहेका छन्। बुधबारसम्ममा प्रदेश २ मा ६ हजार ९१३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ३९ जनाको मृत्यु भइसकेको छ, भने तीन हजार ४१७ जना निको भएका छन्। अहिले प्रदेश २ मा सक्रिय संक्रमितहरुको संख्या तीन हजार ४५७ रहेको छ। 
    सबै भन्दा कम संक्रमित गण्डकी प्रदेशमा रहेका छन्। गण्डकीमा जम्मा एक हजार ७४० संक्रमित छन्। हालसम्म निको हुनेको संख्या एक हजार ४८७ छ भने ६ जनाको मृत्यु भइसकेको छ। गण्डकी प्रदेशमा सक्रिय संक्रमितको संख्या २४७ रहेको छ। 

    सबैभन्दा धेरै मृत्यु हुने जिल्ला पर्सा 

    कोरोनाका संक्रमणबाट सबैभन्दा धेरै मृत्यु पर्सामा भएको छ। बुधबारसम्म पर्सामा १९ जनाको मृत्यु भइसकेको छ। यस्तै काठमाडौंमा आठ जनाको मृत्यु हँदा मोरङमा ६ जनाले ज्यान गुमाएका छन्। कैलाली र बारामा चार–चार जनाको मृत्यु भएको छ। गुल्मी, सप्तरी, सिन्धुपाल्चोक र बाँकेमा तीन–तीनजनाको मृत्यु भएको छ। हालसम्म ४३ वटा जिल्लाहरुमा कोरोनाका कारण मृत्यु हुनेको संख्या शुन्य छ।

    यी हुन् सबैभन्दा धेरै डिस्चार्ज हुने नौ जिल्ला

    सबै भन्दा धेरै डिस्चार्ज हुने जिल्ला हो, कैलाली। हालसम्म कैलालीमा एक हजार १०३ जना डिस्चार्ज भएका छन्। दैलेखमा ९२३ जनाले कोरोना जित्दा रौतहटमा  ७९५ जना निको भएर घर फर्किएका छन्। सर्लाहीमा ६५६, दाङमा ६५३, धुनुषामा ६११, सुर्खेतमा ५८३ जना डिस्चार्ज भएका छन्। यस्तै पाल्पामा ५५९ र डोटीमा ५७३ निको भएका छन्। 

    हेर्नुहोस् तथ्यांक

    स्रोतः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड
  • पर्साको धोबिनीमा दिउँसै आगलागी, घरसहित चौपाया र खाद्यान्न जलेर नष्ट
  • मुख्यमन्त्रीका प्रेस सल्लाहकार कर्णले DFO हरूलाई सोधे, ‘मृत्युपत्रमा किन हस्ताक्षर गर्नुभयो श्रीमान्’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड

    पर्साको धोबिनीमा दिउँसै आगलागी, घरसहित चौपाया र खाद्यान्न जलेर नष्ट

    मुख्यमन्त्रीका प्रेस सल्लाहकार कर्णले DFO हरूलाई सोधे, ‘मृत्युपत्रमा किन हस्ताक्षर गर्नुभयो श्रीमान्’

    नेपालमा बसेर खालिस्तानी आतंकवादी नेटवर्क चलाउने रिन्डा पक्राउ

    सरकारी बेरुजु १२ खर्ब ८४ अर्ब, आव २०८०/८१ मा मात्र ९१ अर्ब ५९ करोड थपियो

    सरकारका मन्त्रालयमध्ये सबैभन्दा बढी बेरुजु अर्थको, अन्यको कति?

    गभर्नर सिफारिस समितिमा पाण्डे नियुक्त

    सत्य निरुपण र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त (नामावलीसहित)

    पहिलो पटक यौनसम्पर्क गर्ने उचित उमेर कुन हो ?

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड

    पर्साको धोबिनीमा दिउँसै आगलागी, घरसहित चौपाया र खाद्यान्न जलेर नष्ट

    मुख्यमन्त्रीका प्रेस सल्लाहकार कर्णले DFO हरूलाई सोधे, ‘मृत्युपत्रमा किन हस्ताक्षर गर्नुभयो श्रीमान्’

    नेपालमा बसेर खालिस्तानी आतंकवादी नेटवर्क चलाउने रिन्डा पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    News

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड

    News

    पर्साको धोबिनीमा दिउँसै आगलागी, घरसहित चौपाया र खाद्यान्न जलेर नष्ट

    News

    मुख्यमन्त्रीका प्रेस सल्लाहकार कर्णले DFO हरूलाई सोधे, ‘मृत्युपत्रमा किन हस्ताक्षर गर्नुभयो श्रीमान्’

    News

    नेपालमा बसेर खालिस्तानी आतंकवादी नेटवर्क चलाउने रिन्डा पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑