वीरगंज | कोरोना संक्रमणबाट आज (बिहिबार) मकवानपुरमा ३७ र विराटनगरमा २७ जना थपिएका छन ।मकवानपुरमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार र मंगलबार संकलन गरिएका परीक्षणमध्ये बिहीबार ३७ जनामा कोरोना पुष्टि भएको जिल्ला अस्पताल मकवानपुरले जानकारी दिएको छ ।
संक्रमितमध्ये १० जना नेपाल प्रहरीका, १८ जना हेटौंडा उपमहानगरपालिकाका, भिमफेदी नगरपालिकाका ३, थाहा नगरपालिकाका २, बकैया गाउँपालिकाका २, चितवन र काठमाडौंका १–१ जना रहेको बताइएको छ ।
यस्तै विराटनगरमा पनि बिहीबार थप २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोशी अस्पतालको प्रयोगशालामा गरिएको स्वाब परीक्षणपछि २७ जनामा भने कोरोना पोजेटिभ देखिएको बताइएको छ ।