पर्सा | पर्सा जिल्लको केन्द्रमा रहेको आम जनता को सहज पहुंच हुने पोखरिया अस्पताल प्रदेश सरकार द्वारा ५० बेड घोषणा गरी ४ करोड ४ लाख बजेट छुट्याएको छ । आईसोलेशन संचालन गर्न ३७ लाख तथा एम्बुलेन्स र शव बाहन खरिद गर्नको लागि ३१ लाख २५ हजारको साथै पि पि ई सेट, सेनिटाइजर लगाया आवस्यक समाग्री उपलब्ध गराएको छ ।
तर “प्रदेश सरकार आर्थिक रुपमा जति सहयोग गरे पनि जब सम्म ५० बेड अनुसार चिकित्सक, नर्स, कर्मचारी आवश्यक पर्ने मेशिनको साथै बेवस्थापन समिति हुदैन तबसम्म यस भेगका जनतालाई राहत हुदैन त्यसैले ५० बेड नाम को होइन कामको बनाउन प्रदेश सरकार संग हार्दिक अनुरोध छ ।” नेजामुदिन समानीले आफ्नो सोसलमिडिया फेसबूक बाट जान्करी गराएका छ्न।