• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रधानमन्त्रीले युवाहरूलाई भने : अगाडि बढ्नुस्, सरकार तपाईंहरुकै साथमा छ

  • वीरगंज संजाल
  • २८ श्रावण २०७७, बुधबार २०:४२
  • २५५३

    वीरगंज | प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले दिगो विकास लक्ष्य हासिल गरेको बताएका छन्। अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको भर्चुअल कार्यक्रममा बुधबार बोल्दै प्रधानमन्त्री ओलीले युवा बाध्यताले रोजगारी खोज्दै बाहिरिनुपर्ने अवस्था केही वर्षमै अन्त्य हुने बताएका छन्। ‘हाल २६ लाख युवा रोजगारी खोज्दै मुलुक बाहिर छन्। ३ करोडभन्दा केही कम जनसंख्या भएको देशमा देश निर्माण गर्नुपर्ने २६ लाख जनशक्ति बाहिर जानु अवश्य नै खुसीको कुरा होइन।

    त्यसकारण यस दिशामा हामीले ठोस प्रयासहरू गरिरहेका छौं। हामी केही वर्षभित्रै रोजगारीका लागि, छनोटका हिसाबले बाहिर जानु बेग्लै कुरा हो,’ उनले भने, ‘बाध्यताको हिसाबले बाहिर जाने कुराको अन्त्य गर्ने रणनीतिका साथ सरकार काम गरिरहेको छ। म युवाहरूलाई आश्वस्त पार्न चाहन्छु कि, तपाईंहरू अगाडि बढ्नुस्। सरकार तपाईंहरुको साथमा छ।

    ’ युवाहरूको अभिभावकत्व, साथ-सहयोग, अवसर उपलब्ध गराउन सरकार दत्तचित्त रहेको भन्दै प्रधानमन्त्रीले सामाजिक जागरण र नीति-निर्माणका क्षेत्रमा सबैको समानुपातिक प्रतिनिधित्व रहेको भन्दै उनले खुसी व्यक्त गरे। ‘बालबालिकाको नीति निर्माणमा सहभागिता हुने भएन। उत्पादनमा सहभागिता हुने भएन। उनीहरू भविष्यका कर्णधार हुन्। उनीहरूलाई सक्षम बनाउनुपर्छ। सुरक्षामा ध्यान दिनुपर्छ।

    युवाहरूको सन्दर्भमा, ४० प्रतिशत युवा स्थानीय तह प्रतिनिधित्व गरिरहेका छन्। त्योभन्दा केही सानो संख्या संघीय तहमा र प्रदेश तहमा छन्’, उनले भने, ‘त्योभन्दा केही संख्या केन्द्रीय निकायमा छन्। अझ बढाउन जरुरी छ। बढाउँदा सन्तुलनकारी ढङ्गले नै बढाउनुपर्छ। पुरानो र नयाँ पुस्ता मिलेर नै क्षमता, अनुभव र सामर्थ्य, सबै चिजको सम्पूर्ण रूपमा प्रयोग गरेर अघि बढ्नुपर्छ।

    ’ प्रधानमन्त्री ओलीले नेपाल प्राकृतिक सम्पदा, स्रोत-सामर्थ्यका हिसाबले अद्भूत र जीवनमय रहेको बताउँदै पछाडि रहन, गरिब हुन मिल्ने देश नै नभएको बताए। ‘म चाहन्छु हाम्रा देशका युवाहरूले रोजगारीको खोजी गर्दै या जीवनको खोजी गर्दै अन्यत्र जानु नपरोस्।

    हाम्रो जस्तो देश, जो विद्वान् र बहादुर पुस्ताका सन्तान भएको देश हो। जुन देश प्राकृतिक हिसाबले अत्यन्त सुन्दर छ। जुन देश अत्यन्तै उर्वर छ’, उनले अगाडि थपे, ‘अत्यन्तै अद्भुत, असाधारण र जीवनमय छ। विविधताले युक्त र प्राकृतिक सम्पदाले सम्पन्न छ। त्यो देश पछाडि पर्न, गरिब हुन मिल्ने देश होइन यो विडम्बना हो।’ उनले सरकारले देशमै रोजगारी बढाउने पनि बताए। ‘जुन कुरा आगामी दिनका लागि हामीलाई मान्य छैन। स्वीकार्य छैन। तर, मान्य छैन, स्वीकार्य छैन भनेर हामी बिनाप्रयास बस्यौँ भने स्वीकार्न बाध्य हुनेछौं।

    त्यसकारण हामी हाम्रो अस्वीकार्यलाई व्यवहारद्वारा त्यस स्थितिमा पुर्‍याउनुपर्छ’, प्रधानमन्त्रीले भने, ‘यसका निम्ति सरकार रोजगारीका अवसर देशभित्रै सिर्जना गर्ने, युवाहरूको ज्ञान र क्षमता देशभित्रै प्रयोग हुने अवस्था सिर्जना गर्छौं।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑