वीरगंज । वीरगञ्जस्थित नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको पछिल्लो परिक्षणमा थप ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।थपिएका सङ्क्रमितमा एक जना बारा जिल्ला बाहेक सबै पर्सा जिल्लाका बासिन्दा हुन् । जस मध्ये अधिक्तम वीरगञ्ज महानगरपालिकाको विभन्न वडाका रहेका छन् ।
सङ्क्रमितहरु ७ वर्षदेखि ६२ वर्ष उमेर समुहका रहेका छन् । सङ्क्रमितहरुमा १० महिला रहेको नारायणी अस्पतालले जनाएको छ ।वीरगञ्ज महानगरपालिका वडा नं. ९ स्थित रेलवे माध्यमिक विद्यालय र वडा नं. ४ स्थित त्रिजुद्ध माधमिक विद्यालयमा गरिएको कन्ट्याक्ट ट्रेसिङमा परेका सबैभन्दा धेरै सङ्क्रमित रहेका छन् ।
सङ्क्रमितहरु वीरगञ्ज महानगरपालिका वडा नं. ९ रानीघाट, श्रीपुर, वडा नं. १० घडीअर्वा पोखरी, वडा नं. ११ पानिटंकी, वडा नं. ६ माइस्थान, पर्साको छिपहरमाई गाउँपालिका र बाराको प्रसौनी गाउँपालिकाका बासिन्दा हुन् ।