• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    कोरोना संक्रमणका कारण थप चार जनाको मृत्यु

  • वीरगंज संजाल
  • २८ श्रावण २०७७, बुधबार १०:५८
  • ४८५७

    वीरगंज | पछिल्लो पटक नेपालमा कोरोना संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको छ।  सप्तरी र रुपन्देहीमा एक–एक जना र ललितपुरमा २ जना गरी ४ जनाको कोरोनाको कारण मृत्यु भएको हो।  सप्तरीको डाक्नेश्वरी नगरपालिका घर भई राजविराज नगरपालिका–६ मा बस्दै आएका ७२ वर्षीय वृद्धको मृत्यु भएको हो। हिजो कोरोना संक्रमण पुष्टि भएपछि राति साढे ९ बजे आइसोलेसन लैजाने क्रममा एम्बुलेन्समै उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए।

    उनका अनुसार उनी उच्च रक्ताचाप, दम र मुटुका रोगीसमेत थिए। योसँगै सप्तरीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ पुगेको छ। यस्तै, रुपन्देहीको बुटवल धागो कारखानास्थित आइसोलेसनमा एक संक्रमितको मृत्यु भएको छ। कपिलवस्तुको कपिलवस्तु नगरपालिका २ का अन्दाजी ४२ वर्षीय पुरुषको गएराति चार बजे मृत्यु भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले जानकारी दिए। उनमा हिजोमात्रै कोरोना पुष्टि भएको थियो।  यसैबिच ललितपुरको पाटन अस्पतालमा एक कोरोना संक्रमति महिलाको मृत्यु भएको छ।

    जनकपुर घर भएकी ति महिलाको उपचारको क्रममा गएराति मृत्यु भएको अस्पतालका निशर्देक विष्णु प्रसाद शर्माले जानकारी दिए। मेनेन्जाटाइटिसको बिरामी उनि ५ दिन अघि अस्पतालमा भर्ना भएकी अस्पतालले जनाएको छ।  यस्तै ललितपुरको मेडिसिटी अस्पतालमा पनि गएराति उपचाररत एक कोरोना संक्रमतिको मृत्यु भएको छ। कोरोना भाइरस संक्रमित जनकपुरका पूर्व मेरय तथा प्रसिद्ध रामा होटलका संचालक कृष्ण गिरीको मृत्यु भएको हो।

    कोरोना संक्रमण पुष्टि भएपछि उनी २० दिनअगाडी अस्पताल भर्ना हुनु भएको थियो।  उपचारको क्रममा गिरीको मृत्यु भएको उनका छोरा डा. सन्तोष गिरीले जानकारी दिए।  यो सँगै नेपालमा काेरोनाबाट ज्यान गुमाउनेकाे संख्या ८७ पुगेकाे छ। यद्यपि स्वास्थ्य मन्त्रालयले भने ८३ जनाकाे मात्रै पुष्टि गरेकाे छ।  यस्तै रुपन्देहीको बुटवलस्थित बुटवल धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा कपिलवस्तुका एक युवाको मृत्यु भएको छ।

    मृत्यु हुनेमा कृष्णनगर नगरपालिका– १० का २५ वर्षीय युवा रहेकोे जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिए। मृतकको स्वाब संकलन भइसकेको र रिपोर्ट आउन बाँकी रहेको थापाको भनाइ छ।  मृतक युवामा कोरोनाको लक्षण देखिएपछि उपचारको लागि बुटवल पठाइएको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गर्मी मौसममा स्वस्थ रहन के खाने ?
  • आजको राशिफल
  • ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर
  • यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गर्मी मौसममा स्वस्थ रहन के खाने ?

    आजको राशिफल

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड

    पर्साको धोबिनीमा दिउँसै आगलागी, घरसहित चौपाया र खाद्यान्न जलेर नष्ट

    मुख्यमन्त्रीका प्रेस सल्लाहकार कर्णले DFO हरूलाई सोधे, ‘मृत्युपत्रमा किन हस्ताक्षर गर्नुभयो श्रीमान्’

    नेपालमा बसेर खालिस्तानी आतंकवादी नेटवर्क चलाउने रिन्डा पक्राउ

    सरकारी बेरुजु १२ खर्ब ८४ अर्ब, आव २०८०/८१ मा मात्र ९१ अर्ब ५९ करोड थपियो

    सरकारका मन्त्रालयमध्ये सबैभन्दा बढी बेरुजु अर्थको, अन्यको कति?

    गर्मी मौसममा स्वस्थ रहन के खाने ?

    आजको राशिफल

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    गर्मी मौसममा स्वस्थ रहन के खाने ?

    News

    आजको राशिफल

    News

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    News

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    News

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑