• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    “मरेपछि मात्रै रेस्पोन्स गर्नुहुन्छ ?” लक्षण देखिए पनि ३ दिनदेखि अस्पताल नपाएका संक्रमितको प्रश्‍न

  • वीरगंज संजाल
  • २८ श्रावण २०७७, बुधबार ०८:२१
  • ३४३७

    विरगंज । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको उपचार गर्न तोकिएका अस्पतालका शय्या भरिएपछि सरकारले लक्षण भएकालाई पनि जबर्जस्ती घरमै राख्न थालेको छ । यसअघि चाप बढेपछि लक्षण नभएकाले घरमै आइसोलेसनमा बस्न पाउने नियम ल्याइएको थियो ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) अनुसार पछिल्ला पाँच दिनमा २ सय ७ जनालाई घरमै आइसोलेसनमा राखिएको छ । ईडीसीडीका अनुसार उपत्यकामा साउन २२ मा ८१ जना संक्रमित देखिएकामा १४ जना घरमै आइसोलेसनमा छन् ।

    यसरी घरमै बसेकामध्ये एक युवाले स्वास्थ्य मन्त्रालय र विभागका भेट्टाएजति सबै नम्बरमा फोन गरेर अस्पतालको आइसोलेसनका लागि हारगुहार गरिरहेका छन् । सिनामंगलमा भाडामा कोठा लिएर बसेका ती २७ वर्षीय युवामा संक्रमणको लक्षणसमेत छ । उनले आफ्नो अवस्था यसरी सुनाए :

    ***

    ‘मलाई कोरोना लागेको शनिबार राति ११ बजे थाहा पाएँ । अफिसले शुक्रबार मसहित ३२ जनाको निजी प्रयोगशालालाई पैसा तिरेर कोरोना परीक्षण गराएको थियो । मेरो मात्रै पोजिटिभ रिपोर्ट आयो । म सेल्सको काम गर्ने भएकाले बजार जान्थें तर सावधानी अपनाउँथें । कहाँबाट सर्‍यो थाहै छैन ।

    संक्रमण पुष्टि भएपछि स्वास्थ्य मन्त्रालयका कर्मचारीले फोन गर्छन् र सरकारी एम्बुलेन्समा राखेर आइसोलेसन लैजान्छन् भन्ने सुनेको थिएँ ।

    फोन आउला कि भनेर रातभरि कुरिरहें । न फोन आयो न त एम्बुलेन्स नै । कतैबाट फोन नआएपछि मन्त्रालयको टोल फ्रि ११३० नम्बरमा फोन गरें । आइतबार डाक्टर आएपछि फोन गर्ने जवाफ उताबाट आयो । अरू रोग भए पो

    ट्याक्सी चढेर वा साथीको मोटरसाइकलमा नजिकैको क्लिनिक र अस्पताल जानु ! आफूलाई कोरोना पोजिटिभ छ भन्ने थाहा हुँदाहुँदै लुखुरलुखुर कहाँ जानु ? कोरोना लागेको थाहा पाएको रात त सुत्नै सकिएन

    आइतबार पनि स्वास्थ्य मन्त्रालयबाट फोन आउला भनेर कुरिरहें । दिउँसो भइसक्दा पनि कसैले फोन गरेन । फेरि मन्त्रालयको ११३० र १११५ नम्बरमा फोन गरें । एउटा नम्बर पाएपछि कल गरेर कुरा गरें । मलाई कोरोनाको लक्षण भएको सुनाएँ ।

    उहाँले अस्पतालमा बेड खाली छैन, केही दिन पर्खनुस्, बेड खाली भएपछि खबर गरौंला भन्नुभयो । तीन दिन भयो । कतैबाट खबर आएको छैन ।

    सुरुमा मैले जोसँग कुरा गरेको थिएँ उहाँले पनि अर्को मान्छेको नम्बर दिनुभयो । उहाँलाई पनि मलाई सुक्खा खोकी भएको, सास फेर्न गाह्रो भएको, स्वाद थाहा नपाउने जस्ता समस्या रहेको सुनाएँ । तर अस्पतालमा बेड खाली नभएकाले भर्ना गर्न नसकिने जानकारी दिनुभयो । सोमबारसम्म पनि उहाँले फोन गरेर स्वास्थ्य अवस्था सोध्नुभयो । मलाई थप समस्या भयो भने जतिबेला पनि फोन गर्नुस् भन्नुभएको छ । तर उहाँले मेरा लागि बेड खोज्न सक्नुभएन ।

    सरकारले कोरोना लक्षण भएकालाई अस्पतालको आइसोलेसनमा पठाउने गरेको समाचार हेर्छु, सुन्छु । मैले स्वास्थ्य मन्त्रालय, विभाग सबैतिर हारगुहार गरें तर मेरो समस्या कसैले सुनेनन् । यतिसम्म कि मन्त्रालयमा बारम्बार फोन गरेपछि एक जना कर्मचारीले त हिँडेर केएमसी अस्पताल जानुस्, आफ्नो समस्या सुनाउनुस् समेत भने । मलाई थाहा छ, कोरोना पोजिटिभ भएपछि जहाँ पायो त्यहाँ भर्ना लिइँदैन । उनको कुरा सुनेर रिस उठ्यो । मान्छे मरेपछि मात्रै रेस्पोन्स गर्नुहुन्छ भनेर रिसाएँ । मैले जति मान्छेलाई फोन गरें, सबैले अस्पतालमा बेड खाली छैन भन्छन् । त्यसैले आज (मंगलबार) त कसैलाई फोन पनि गरिनँ ।

    मलाई सास फेर्न एकदम गाह्रो भइरहेको छ । सुक्खा खोकी रोकिएको छैन । थुक निल्न पनि अप्ठ्यारो हुन्छ । सुत्न त झन् गाह्रो हुन्छ । रुघा पनि छ । कोठामा एक्लै छु । कोठामा आवश्यक सामान साथीहरूलाई ल्याइदिन भन्छु । म संक्रमित भएको घरबेटीलाई थाहा छैन । घरबेटीले थाहा पाए भने निकालेर पठाउँछन् । अनि कहाँ जानु ? घरबेटीले थाहा नपाउन् भनेर साथीहरूलाई सामान ल्याएर ढोका बाहिर छाडेर सुटुक्क जानू भन्ने गरेको छु । साथीहरू बाहिर गएपछि अनि हतारहतार सामान भित्र ल्याउँछु । सास फेर्न गाह्रो भएपछि तातोपानीको बाफ लिन्छु । बिहान उठेर सुरुमा तातोपानीमा बेसार, नुन, अदुवा र मरिच राखेर एक ग्लास खान्छु । त्यसपछि उसिनेको अण्डा र फलफूल खान्छु । दिउँसो पनि तातोपानी तुलसी खान्छु । बिहानबेलुका खाना खान्छु । बेलुका पनि बेसार, अदुवा पानी खान्छु । सुत्ने बेला दूधमा बेसार राखेर खान्छु ।

    कोठामा कोही नभएकाले सकिनसकी आफैं पकाएर खान्छु । म अस्पतालको आइसोलेसनमा हुन्थें भने के खाने के नखाने, डाक्टरसँग सोध्न सकिन्थ्यो । अरू संक्रमितसँग कुरा गर्दा तनाव कम हुन्थ्यो । घरमा चिन्ता हुन्छ भनेर आमाबुबालाई पनि म संक्रमित भएको खबर सुनाएको छैन । पैसा चाहिन सक्छ भनेर दाइभाउजूलाई चाहिँ खबर गरें । अफिसमा साथीहरूलाई थाहा छ । आवश्यक सामान अफिसले नै पठाइदिने गरेको छ ।

    मलाई सरकारले आइसोलेसनमा लगेको भए मैले अरूलाई सामान ल्याइदेऊ भनेर हारगुहार गर्नुपर्दैनथ्यो ।

    लक्षण भएका म जस्तालाई चाहिँ अस्पतालमै लगेर उपचार होस् भन्ने मेरो अनुरोध छ । अस्पतालमा हुँदा चिकित्सक, नर्ससँग कुरा गर्न सकिन्थ्यो । उनीहरूलाई आफ्नो समस्या सुनाउन पाइन्थ्यो । कोठामा बसेर कसलाई सोध्नु ? मैले चिनेको एक जना डाक्टरलाई सोधेर भिटामिन सी र सुक्खा खोकी हटाउन एलेग्रा १८० खाइरहेको छु । बिहान शारीरिक व्यायाम गर्छु । तीनतले घरको भुइँ तलामा खोक्दै कहिले ओछ्यानमा छटपटिन्छु, कहिले बाथरुममा छिर्छु । अलि समस्या भएजस्तो हुँदा सुत्छु । कुनै बेला गाह्रो भयो भने कहाँ जानु, कसलाई भन्नु भन्ने चिन्ता लाग्छ ।

    सास फेर्न गाह्रो भएको व्यक्तिलाई अक्सिजन चाहिन्छ भन्ने सुनेको छु । त्यसैले मलाई अस्पतालमा आइसोलेसनको व्यवस्था गरिदिन अनुरोध गर्छॅ । कोरोना संक्रमितको संख्या बढ्छ भन्ने अनुमान हुँदाहुँदै पनि आइसोलेसनको व्यवस्था छैन भन्दा दिक्क लाग्छ । अहिले दिनमा सय हाराहारी संक्रमित देखिँदा त सरकारको तयारी यस्तो छ भने अरू देशमा जस्तो हजारौं देखिए भने संक्रमितको व्यवस्थापन कसरी होला ? भोलि–पर्सिको स्थितिलाई कसरी व्यवस्थित गर्ने योजना बनाउन पनि ढिलाइ नहोस् । मजस्ता संक्रमितले आइसोलेसनको अभावमा कोठामा छटपटाउन नपरोस् ।’ कान्तिपुर दैनिकमा मकर श्रेष्ठले लेखेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द
  • आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न
  • समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण
  • भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    क्याम्पस चिफ हराएको भन्दै स्ववियुको विरोध, ठाकुर राममा चरम लापरबाहीको आरोप

    तराई–मधेसमा खडेरीले चर्काएको खानेपानी संकट, मन्त्री यादवद्वारा प्रभावित क्षेत्रको निरीक्षण

    खानेपानी मन्त्री प्रदिप यादवको सम्मानमा बीरगञ्जमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश, मृत्युको कारण स्पष्ट छैन

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    News

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    News

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    News

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑