वीरगञ्ज | लक्षणसहितको कोरोना संक्रमित थपिएसँगै आइसीयुमा उपचार गराउने संक्रमितको संख्या बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले मुलुकभरका विभिन्न अस्पतालको आइसीयुमा उपचार गराउनेको संख्या ८५ पुगेको जानकारी दिएका छन्। प्रवक्ता गौतमले भने, ‘भेन्टिलेटरमा ३ जना संक्रमितले उपचार गरिरहेका छन्।
संक्रमित थपिने क्रम जारी छ। होम आइसोलेसनमा बसी उपचार गराउनेको संख्या दुई सय २४ पुगेको छ।’ गम्भीर अवस्थाका कोरोना संक्रमितको उपचार गर्न एक हजार एक सय ३४ आइसीयु बेड रहेको गौतमले जानकारी दिए। हाल देशभर पाँच सय ७६ वटा भेन्टिलेटर छ।