वीरगञ्ज | काठमाडाैं उपत्यकामा १ सय ३२ जनासहित देशभर मंगलबार ६ सय ३८ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गाैतमले यसबारे जानकारी दिएका हुन्।
साथै मंगबार देशभरबाट १ सय ७१ जना संक्रमित डस्चार्ज भएका छन्। मंगलबार काठमाडाैंमै १ सय १४ जनामा काेराेना देखिएकाे छ। त्यसैगरी भक्तपुरमा ८ र ललिपुरमा १४ जनामा काेराेना पुष्टि भएकाे गाैतमले बताए।