वीरगंज | प्रदेश २ मा पछिल्लो २४ घण्टामा ३१ जना महिलासहित १५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।प्रदेश २ का ८ जिल्लामध्ये सबैभन्दा बढी पर्सामा ९२ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये जिल्ला प्रहरी कार्यालय पर्साका १५ जना थुनुवा र प्रहरी रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
यस्तै सर्लाहीमा २२ जना, रौतहटमा १९ जना, धनुषामा १३ जना, बारामा ४ र महोत्तरीमा ३ जनामा संक्रमण भएको छ।यससंगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ५ हजार ८ सय ९४ पुगेको स्वास्थ्य निर्देशनालयका बरिष्ट अकिृत विजय झाले जानकारी दिए।
पछिल्लो २० घण्टामा प्रदेश २ मा कोरोनाबाट ३ जनाको मृत्यु भएको पुष्टि भएको छ। पर्साकी २० र ४५ वर्षीय दुई महिला र धनुषाका ५० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको हो।यससंगै प्रदेश २ मा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ।