• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    एकै दिनमा नेपाललाई १७ विधामा १० फरक वल्र्ड रेकर्ड

  • वीरगंज संजाल
  • २६ श्रावण २०७७, सोमबार १४:२५
  • २६९३

    वीरगंज। मानिसहरूमा नयाँनयाँ काम गरेर विश्व कीर्तिमान कायम गर्ने प्यास हुन्छ । यस्तै विश्व कीर्तिमानीको प्यास मेट्ने क्रममा नेपालका गीतकार डा. डीआर (धर्मराज) उपाध्यायले गीत संगीत र साहित्यबाट एकै दिन फरक १७ विधामा विश्व रेकर्ड बनाएका छन् ।

    प्रसंग दुई महिनाअघिको हो । डा. उपाध्यायले अहिलेसम्म आफूले निकालेको १९ वटै गीतिसंग्रहकै फोटो राखेर राजधानी दैनिकको प्रथम पृष्ठमा विज्ञापन प्रकाशन गरे । त्यो विज्ञापन गीतिसंग्रहको व्यवसायका लागि नभएर विश्व रेकर्ड कायम गर्न उनले प्रकाशन गरेका रहेछन् । उनले आइतबार ग्रहण गरेका १७ वटा विश्व रेकर्डमा एउटा रेकर्ड भने एकैपटक सबैभन्दा बढी १९ वटा गीतिसंग्रहको विज्ञापन राष्ट्रिय दैनिकमा प्रकाशन गरेको विधामा रहेछ ।

    डा. उपाध्यायले १२ अन्तर्राष्ट्रिय भाषामा १२ लाइनको गीत रेकर्ड गराएर गत महिना मात्र गिजिन अफ वल्र्ड रेकर्ड राखेका राखेका थिए । त्यसअघि अरू १४ वटा विश्व रेकर्ड बताएका उनले आइतबार भने एकै दिन १७ फरक विधामा विश्व कीर्तिमानी कायम गरेका छन् । नेपालका लागि मात्र नभएर विश्वका लागि गीतकार डा. डीआर उपाध्यायले एउटा कीर्तिमानी कायम गरेका हुन् । यसरी उनले गीतसंगीत र साहित्यमा ३२ वटा वल्र्ड रेकर्ड नेपालको तर्फबाट बनाएका छन् ।

    आइतबार राजधानीमा एक समारोहबीच सामाजिक दूरी कायम गर्दै डा. उपाध्यायलाई श्रम तथा रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले यी १७ वटा विधामा वल्र्ड रेकर्डको सर्टिफिकेट प्रदान गरेका छन् ।

    कार्यक्रममा मन्त्री राय यादवले भने, ‘यसरी एकै दिन फरक १७ विधामा १० वटा विश्व रेकर्ड संस्थाबाट रेकर्ड कायम गर्दै सर्टिफिकेट ग्रहण गर्ने उपाध्याय विश्वकै पहिलो व्यक्ति हुन् । यो देशकै लागि गौरवको कुरा हो ।’

    उनले यसपटक १७ वटा विधामा एउटा मात्र होइन, १० वटा फरकफरक विश्व रेकर्ड कम्पनीबाट वल्र्ड रेकर्ड कायम गरे । डा. उपाध्यायले अमेरिकन बुक अफ रेकर्ड, युरोपियन रेकर्ड बुक, द ब्रिटिस वल्र्ड रेकर्ड, वल्र्ड बुक अफ रेकर्ड युनाईटेड किङडम, एसियन वल्र्ड रेकर्ड, च्याम्पिएन बुक अफ वल्र्ड रेकर्ड, यूआरएफ वल्र्ड रेकर्ड, एस्क्युसिभ वल्र्ड रेकर्ड, एभरेस्ट वल्र्ड रेकर्ड, युनिभर्सल रेकर्ड फोरम एसियन रेकर्डमा १७÷१७ विधामा एकसाथ वल्र्ड रेकर्ड बनाएका छन् । यी १० कम्पनीबाट उनले १ सय ७० वटा वल्र्ड रेकर्डको सर्टिफिकेट प्राप्त गरे ।

    उनले नारी एवं पुरुषप्रति समर्पित भन्ने एक एक लाइनको फरक सामाजिक सन्देश प्रवाह गर्ने २ सय ८८ लाइनको गीतमा, एउटा शब्द केटा र एउटा शब्द केटीले गाएको शब्दशब्दको गीतमा, सांकेतिक भाषा (साइन ल्यांग्वेज)मा गीतको भिडियोसँगै गीतको परिभाषित गराएर, अक्षरअक्षरको गीत एउटा अक्षर पुरुष र अर्को नारीको स्वरमा रेकर्ड गराए । यसरी फरक १०÷१० विश्व रेकर्ड बनाएका हुन् ।

    यस्तै, संसारको सबैभन्दा अग्लो चुचुरो सगरमाथा हिमाल शब्द धेरैपटक प्रयोग गरेर बनेको गीतबाट, एउटा गीतमा धेरै थरिका बोटबिरुवाको नाम प्रयोग गरिएको वातावरण गीतबाट, एउटा गीतमा धेरैपटक मुटु शब्द प्रयोग गरिएको स्वास्थ्य सम्बन्धी गीतबाट, हुलाक टिकटमा प्रकाशित विशिष्ट नेपाली व्यक्तिहरूको नाम र कामबारे बनाइएको गीतबाट, सगरमाथा हिमाल आरोहण गर्नेहरूकोे अत्यधिक नामबाट गीत तयार गरेर पनि वल्र्ड रेकर्ड राखेका छन् ।

    यसैगरी, प्रकाशन भएका धेरै उपन्यासको नामबाट गीत बनाएर, एकै दिन १९ वटा सीडी एल्बम धेरै पोस्टबक्समा खसालेर, एउटै गीतको स्थायी र अन्तरा धेरै व्यक्तिले एकैपटक पढाएर आफ्नै शब्द रचनाको गीत र तस्बिरसहितको तीन÷दुईको सबैभन्दा धेरै प्रकारको फ्लेक्स पोस्टर प्रकाशनसहित एकसाथ सार्वजनिक गरेको यी विधामा वल्र्ड रेकर्ड बनाएका छन् ।
    यसैगरी, संसारमा सबैभन्दा सानो आकार (२ बाई २ इन्च)को गीति पुस्तक निकालेर, एउटै पुस्तकमा आठ वटा उपन्यास समावेश गरी बजारमा ल्याएर, एकै दिन १९ वटा गीतिसंग्रहको विज्ञापन प्रकाशन गरेर यी १७ विधामा फरक १० विश्व कीर्तीमानी कम्पनीबाट आइतबार वल्र्ड रेकर्ड राखेका हुन् ।

    गीतकार संघ नेपालका अध्यक्ष चुडामणि गौतमले नेपालका लागि यो सुखद खबर भएको कार्यक्रममा बताए । कीर्तिमानी गीतकार उपाध्यायले व्यक्तिभन्दा पनि नेपाली गीतसंगीतलाई विश्व बजारमा पु-याउँदै फरक वल्र्ड रेकर्डमार्फत नेपाल चिनाउन यस्ता रेकर्ड बनाएको बताए ।

    सो क्रममा डा. उपाध्ययको चार गीतिसंग्रह कर्तव्यबोध, धरोहर, सपनाको महल, हृदयको झंकार, संसारकै सानो गीति पुस्तक अनुभूतिको मझेरी पनि मन्त्री राय यादवले विमोचन गरे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑