सिरहा जिल्लाको सिरहा नगरपालिका कार्यालयमा अख्तियारले छापा मारी कागजपत्र नियन्त्रमा लिएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दीवासका प्रमुख नवराज सुवेदीको नेतृत्वमा खटेको टोलीले सिरहा नगरपालिकाले कोरोना नियन्त्रण तथा रोकथाममा खर्च गरेको रकमको कागजात छानविनका लागि नियन्त्रणमा लिएको हो।
सिरहा नगरपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा गरेको खर्च विवरणमा अनियमितता भएको जनगुनासो आएपछि आयोगको टोलीले छानविन सुरु गरेको हो।
नगरपालिकाले कोभिड नियन्त्रणका लागि ५ करोड ९० लाख ८६ हजार रुपैयाँ खर्च गरेको विवरण सार्वजनिक गरेको थियो। उक्त विवरणमा केही सामग्रीको मूल्य बजार भन्दा अधिक रहेको भेटिएपछि अख्तियारको टोलीले नगरपालिकामा छापा मारेको हो ।