हेटौंडा | हेटौंडा उपमहानगरपालिकामा निषेधाज्ञा जारी गरिएको छ।भोलि सोमबार राति १२ बजेदेखि लागू हुनेगरी साउन ३२ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय भएको मकवानपुर जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले एक विज्ञप्ति जारी गर्दै कोरोनाभाइरस समुदायस्तरमै संक्रमण बढ्न सक्ने जोखिम देखिएकाले निषेधाज्ञा जारी गर्नुपरेको उल्लेख गरेका छन्।
हेटौंडा उपमहानगरपालिकाका साथै मनहरी गाउँपालिकाको महेन्द्र राजमार्गको आसपास क्षेत्रमा पनि निषेधाज्ञा जारी गर्नका लागि जिल्ला सुरक्षा समितिलाई सिफारिस गरिने प्रजिअ नेपालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।