वीरगञ्ज । वीरगञ्जमा दिनहु एक जना को मुत्यु भैरहेको छ। कसैलाई कोरोना ले मार्दै छ भने कसैलाई यहाँका हस्पिटल र डाक्टरको लपर्वाहिले ।तर याहा का निकाय मोन बसेको देखिन छ। येसै क्रममा वीरगञ्जको नारायणी अस्थायी कोभिड विशेष अस्पताल गण्डकमा उपचारको क्रममा मृत्यु भएकी महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
शुक्रबार राति कोभिड अस्पताल गण्डकमा उपचारको क्रममा ज्यान गुमाएकी वीरगञ्ज महानगरपालिका वडा नं. ३ छपकैयाँ निवासी २० वर्षीय विष्णु लामामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । नारायणी अस्पतालले आइतबार सार्वजनिक गरेको ७५ जना कोरोना सङ्क्रमितहरुको सूचीमा उनको पनि नाम छ ।
उनको शुक्रबार राति २ बजेको करिवमा उपचारको क्रममा मृत्यु भएको कोभिड अस्पतालका गण्डकका इन्चार्ज डा. उदय नारायण सिंहले बताए ।
सामान्य ज्वरो र रुघाखोकीको समस्याले ग्रसित मृतक महिलालाई श्वासप्रश्वासको समस्या समेत रहेको थियो । उनलाई वीरगञ्जका विभिन्न निजि अस्पतालले पिसिआर रिपोर्ट माग्दै भर्ना गर्न नमानेपछी उपचार आभावमा अक्सिजनको कमिले ज्यान गुमाउनु परेको थियो ।
वीरगञ्जका ७ भन्दा बढी निजि अस्पतालहरुमा राति भर चक्कर लगाउँदा समेत उपचार नपाएपछि उनले ज्यान गुमाएकी थिइन । निजि अस्पतालहरुले ज्वरो र श्वासप्रश्वासमा समस्या आएका विरामीहरुलाई पिसिआर रिपोर्ट बिना भर्ना नगरेको गुनासो आएको छ ।
मृतक महिलाको शवलाई व्यवस्थापन गर्ने जिम्मा नेपाली सेनालाई दिइएको डा. सिंहले जानकारी दिए । यससँगै पर्सामा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या १८ पुगेको छ भने श्रावन यता मात्रै १६ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।